Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
२०८३ आश्विन २३, शुक्रबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
ताजा समाचार

एन्फा चुनावः यी हुन् मतदाता

नीलकण्ठ एफ.एम २१३७ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १५, आईतबार (४ साल अघि)
एन्फा चुनावः यी हुन् मतदाता

काठमाडौं, १५ जेठ। 

अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी चार वर्षे कार्यकालका लागि ६ असारमा निर्वाचन हुँदैछ । जुन निर्वाचनले २१ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

आगामी चार वर्ष एन्फा हाँक्न वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आ-आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा होमिएका छन् । यस्तै फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव पौडेलसमेत प्रतिस्पर्धामा छन् ।  दुवै प्यानलबाट दुई र पौडेल गरी अध्यक्षमा तीन, वरिष्ठ उपाध्यक्षमा दुई, चार उपाध्यक्ष पदका लागि आठ, १३ खुल्ला सदस्य पदका लागि ३६ तथा दुई महिला सदस्य पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।

२१ सदस्यीय कार्यसमिति चयनका लागि एन्फाको वैधानिक व्यवस्थाअनुसार जिल्ला फुटबल संघ, विभिन्‍न श्रेणीका क्लब तथा प्राविधिक संघहरू गरी कुल ८७ संस्थाले मतदान गर्नेछन् । जसअनुसार ४८ मध्ये ४५ जिल्लाले मताधिकार पाउँदा सहिद स्मारक ‘ए’ डिभिजन क्लबका १४, ‘बी’ डिभिजनका १४ मध्ये ११, ‘सी’ डिभिजनका १४ मध्ये ९ तथा राष्ट्रिय लिगका लागि छनोट भएर पनि दुई वर्ष अघिदेखि खेल्न नपाएका चार क्लबले मताधिकार पाउँछन् ।

यसैगरी, महिला, खेलाडी, प्रशिक्षक र रेफ्री संघले पनि एक-एक मताधिकार पाएका छन् । मताधिकारप्राप्त ४५ मध्ये ४३ जिल्ला मात्र निर्वाचनमा भाग लिनका लागि योग्य छन् । जिल्ला संघको निर्वाचन विवादका कारण सिन्धुली र भक्तपुर जिल्ला फुटबल संघले आसन्‍न केन्द्रीय निर्वाचनमा मतदान गर्न पाउने छैनन् । एन्फाको निर्वाचन समितिमा सबै मताधिकारप्राप्त संस्थाले आ-आफ्ना प्रतिनिधि चयन गरेर पठाइसकेका छन् ।

जसअनुसार ‘ए’ डिभिजन क्लबमध्येबाट मछिन्द्र फुटबल क्लबका अनिल श्रेष्ठ, मनाङ मर्स्‍याङ्‍दी क्लबका सुशील गुरुङ, नेपाल आर्मी फुटबल क्लबबाट उज्वल केसी, एपीएफ फुटबल क्लबका अर्जुन खत्री, नेपाल पुलिस क्लबका विमलाकुमारी कठायत, थ्री स्टार क्लबका सञ्‍जीव शिल्पकार, संकटा क्लबका रमेशध्वज बस्‍नेत, ब्रिगेड ब्वाईज क्लबका राजु हायजु, जावलाखेल युथ क्लबका महेन्द्र क्षेत्री, फ्रेन्ड्स क्लबका दीपक थापा, एनआरटीका सुन्दरनरसिंह जोशी, च्यासल युथ क्लबका रमेश ब्यन्जनकार, सातदोबाटो युथ क्लबका कपिल राना मगर र हिमालयन शेर्पा क्लबका वाङ्दो दोर्जे शेर्पाले मताधिकार प्राप्त गरेका छन् ।

यसैगरी ‘बी’ डिभिजनका १४ मध्ये मताधिकार प्राप्त ११ क्लबबाट नयाँ बस्ती युथ क्लबका रामकुमार तामाङ, बाँसबारी क्लबका प्रेम थापा, श्री कुमारी क्लबका रामकुमार बस्‍नेत, सरस्वती क्लबका उत्तमराज भण्डारी, खुमलटार युथ क्लबका मणिराज बिष्ट, मध्यपुर युथ एसोसिएसनका अष्टकुमार कबे, चर्च ब्वाईज युनाइटेडका टंकलाल राई, टुसाल युथ क्लबका विजय लामा, ब्वाइज युनियन क्लबका श्रवणकुमार श्रेष्ठ, रानिपोखरी कर्न र टिम आरसिटीका कुमार राजभण्डारी र श्री भगवती क्लब टोखाबाट मनिष जोशी मतदान प्रतिनिधि तोकिएका छन् ।

त्यस्तै ‘सी’ डिभिजनका १४ मध्ये ९ क्लबलाई प्रतिनिधित्व गर्दै प्लानिङ ब्वाईज युनाइटेडबाट डा, देउमान लिम्बु, खालिबारी क्लबबाट सञ्‍जीव पाण्डे, वीरगञ्‍ज युथ एकेडेमीबाट रितुकुमार शाक्य, स्वयम्भु क्लबबाट श्याम लामा, महावीर क्लबबाट दिवाकर घले, मनोहरा युनाइटेडबाट सुशान्त ओली, पुल्चोक स्पोर्टस क्लबबाट मंगलमान महर्जन, आरसी ३२ फुटबल एकेडेमीबाट सुनिल देवकोटा, समाज कल्याण खेलकुद केन्द्रबाट सरोज महर्जनले मताधिकार प्राप्त गरेका छन् ।

फुटबल खेलाडी संघबाट विक्रम लामा, प्रशिक्षक संघबाट राजेन्द्र तामाङ, रेफ्री संघबाट बुद्धिबहादुर गुरुङ तथा महिला संघबाट विना श्रेष्ठले मताधिकार हासिल गरेका छन् । यसैगरी राष्ट्रिय लिगका लागि छनोट भएका चार क्लबमध्ये रौतहटको मनकामना युवा क्लबबाट नेपाल कार्कीले मताधिकार पाउँदा लमजुङको त्रिवेणी युवा क्लबबाट विनोद गुरुङ, बाँकेको धम्बोजी स्पोर्टस क्लबबाट देवेन्द्र खड्का र कैलालीको स्टार सिटी युवा क्लबबाट नरेन्द्र शाहले मताधिकार पाएका छन् ।

मताधिकार प्राप्त ४३ जिल्ला संघमध्ये बाग्लुङबाट जयराज भण्डारी, बाँकेबाट भोजराज शाही, बाराबाट रामचन्द्र लामा, बर्दियाबाट अजित राजभण्डारी, भोजपुरबाट प्रवीणकुमार सुवाल, चितवनबाट श्रीकृष्ण कार्की, दाङबाट सञ्‍जाद धिताल, धादिङबाट दीपक खतिवडा, धनकुटाबाट मणि चेम्जोङ र धनुषाबाट रामकेवल मुखिया मतदान प्रतिनिधि तोकिएका छन् ।

दोलखाबाट कौरव पाण्डे, इलामबाट विप्लव कोइराला, झापाबाट भागिरथ आले, जुम्लाबाट अजय बुढ थापा, कैलालीबाट अनिल मल्ल, कञ्‍चनपुरबाट गणेशबहादुर चन्द, काठमाडौंबाट विराटजंग शाही, काभ्रेबाट विकासनारायण श्रेष्ठ, ललितपुरबाट पुरुषोत्तम थापा र लमजुङबाट लोकेन्द्र गुरुङले मताधिकार प्राप्त गरेका छन् ।

मताधिकारप्राप्त अन्य प्रतिनिधिमा महोत्तरीका प्रमोदकुमार मानन्धर, मकवानपुरका टीकाराम लामा, मोरङका सञ्‍जीव बुढाथोकी, नवलपरासीका धनप्रसाद गुरुङ, नुवाकोटका देवनारायण चित्रकार, पाल्पाका प्रज्वलप्रसाद उदय, पाँचथरका सुरेश शाह, पर्साका अनिलकुमार कलवार, रौतहटका भगवानबहादुर दर्लामी र रुपन्देहीका लोकबहादुर पुन छन् ।

सप्तरीबाट रमेशकुमार श्रेष्ठ, सर्लाहीबाट ठाकुरबहादुर सलिम, सिन्धुपाल्चोकबाट अमृतमान श्रेष्ठ, सिराहाबाट प्रवीणकुमार यादव, सुनसरीबाट नवीन राई, सुर्खेतबाट रविन्द्र चन्द, स्याङ्जाबाट मुक्तबहादुर राना, तनहुबाट सत्य मल्ल, ताप्लेजुङबाट खगेनसिंह हाङ्‍गाम, उदयपुरबाट रजन कार्की, मनाङबाट यज्ञ घले, खोटाङबाट ध्रुवविक्रम राई र नवलपुरबाट सेनबहादुर पुनले मताधिकार पाए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द

    धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द

  • पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट

    पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट

  • धादिङबेंसीमा आँखा शिविर : एक सय तीन जनाको शल्यक्रिया

    धादिङबेंसीमा आँखा शिविर : एक सय तीन जनाको शल्यक्रिया

  • अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा खतिवडाको उम्मेदवारी घोषणा

    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा खतिवडाको उम्मेदवारी घोषणा

  • समाचार
    धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द

    धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द

    पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट

    पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट

    धादिङबेंसीमा आँखा शिविर : एक सय तीन जनाको शल्यक्रिया

    धादिङबेंसीमा आँखा शिविर : एक सय तीन जनाको शल्यक्रिया

    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा खतिवडाको उम्मेदवारी घोषणा

    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा खतिवडाको उम्मेदवारी घोषणा

    नीलकण्ठ एफ.एम.

    स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

    छिटो पहुँच

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    विषयगत क्षेत्रहरू

    • स्थानीय समाचार
    • समाचार
    • अन्तर्राष्ट्रिय
    • राजनीति
    • मनोरन्जन
    • अर्थ
    • खेलकुद
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • साहित्य
    • सुचना
    • अन्य

    सम्पर्क जानकारी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
    निलकन्ठ नगरपालिका-३, धादिङ्ग
    बागमती प्रदेश, नेपाल

    010521430, 9851120850

    [email protected]

    neelkanthafm.com

    प्रेस काउन्सिल दर्ता न: ......
    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रोसँग जोडिनुहोस्

    ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0