काठमाडौं, १२ जेठ।
नेकपा एमालेले पहिलो पटक पार्टीले निर्वाचनमा पराजय बेहोर्नुको कारणमध्येमा ‘अन्तर्घात’ पनि भएको निष्कर्ष निकालेको छ । यसअघि पराजय भए निकालिने निष्कर्ष सत्ताको चरम दुरुपयोग, धाँधली र पैसाको खोलो बगाएको भन्ने हुन्थ्यो ।
तर, यस पटक पार्टी अध्यक्ष केपी शर्मा ओली नै अन्तर्घात भएको निष्कर्षमा पुगे । ३० वैशाखमा निर्वाचन भएर मतगणना जारी रहेकैबेला महासचिव शंकर पोखरेलले भने १ जेठमा विज्ञप्ति निकाल्दै निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित नभएको देखि एमालेविरुद्ध पाँच दलीय गठबन्धन बनेको सँगै सत्ताको चरम दुरुपयोग भएको आलोचना गरेका थिए ।
निर्वाचन परिणाम आइसक्न लाग्दा भने अध्यक्ष ओली पार्टीले पराजय बेहोर्नुको कारणमध्येमा अन्तर्घात पनि भएको निष्कर्षमा पुगेका हुन् । महानगरपालिकाहरूमा पार्टीका उपप्रमुख पदका उम्मेदवारहरूले मात्र निर्वाचन जितेपछि बुधबार संसदीय दलको बैठकमा ओलीको यस्तो निष्कर्ष आएको हो ।
पार्टी संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई भन्छन्, ‘हाम्रो पार्टी (एमाले)मा यस्तो अन्तर्घात यसअघि देखिएको थिएन । उम्मेदवार चयनमा कमजोरी हुँदा यस्तो भएको हुन सक्छ ।’
नेपाली कांग्रेसले २९ वर्षदेखि अन्तर्घात सहँदै आएको छ । उम्मेदवार चयनमा चित्त नबुझेका नेता, कार्यकर्ताहरूले निर्वाचनमा असहयोग गरेर पार्टीका आधकारिक उम्मेदवारहरूलाई पराजित गर्नुलाई अन्तर्घात भनिँदै आएको छ ।
२०५० सालमा काठमाडौंमा भएको उपनिर्वाचनमा पहिलो पटक कांग्रेसमा अन्तर्घातको चर्चा चलेको थियो । अन्तर्घात गर्ने नेता गिरिजाप्रसाद कोइराला र उनले अन्तर्घात गर्दा तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराई वर्तमान राष्ट्रपति रहेकी विद्यादेवी भण्डारीसँग पराजित हुनुपरेको अहिले पनि कांग्रेस नेताहरूले बताउँदै आएका छन् ।
त्यही उपनिर्वाचन यता कांग्रेसले हार भए अन्तर्घात प्रमुख कारण मान्दै आएको छ ।

धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’








