ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
लायन राजाराम रिजाल सम्मानित
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
काठमाडौं, ११ जेठ।
नेपाल क्रिकेट संघ (क्यान)ले नेपालमा सञ्चालनमा आएका निजी कम्पनीका फ्रेन्चाइज लिगलाई क्षेत्रीय लिगको संरचनामा सञ्चालन भए अनुमति दिने भएको छ ।
क्यानको बोर्ड बैठकले यसअघि हुँदै आएका लिगलाई क्षेत्रीय संरचनामा सञ्चालन भए अनुमति दिने निर्णय गरेकाे हाे । क्यानले नेपाली क्रिकेटमा फ्रेन्चाईज लिगले पुर्याएकाे योगदानको कदरसहित धन्यवाद ज्ञापन गरेको छ ।
‘नेपालमा हालसम्म सञ्चालन रहेका अन्य फ्रेन्चाइज लिगहरूले नेपाली क्रिकेटमा पुर्याएकाे योगदानको कदरसहित धन्यवाद ज्ञापन गर्ने,’ क्यानकाे निर्णयमा उल्लेख छ ।
क्यानले यसअघि भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्सँग सम्झौता गर्दै आधिकारिक नेपाल टी-२० लिग गर्ने घोषणा गरेको थियो । त्योसँगै नेपालमा सञ्चालनमा आएको एभरेष्ट प्रिमियर लिग (ईपीएल), धनगढी प्रिमियर लिग (डीपीएल) र पोखरा प्रिमियर लिग (पीपीएल) मारमा परेका थिए ।
यसअघि क्यान निस्क्रिय र आईसीसीको प्रतिबन्धमा पर्दा तीनवटै फ्रेन्चाइज लिग सञ्चालमा थिए । अब, भने यी तीनै लिग क्षेत्रीय संरचनामा गर्ने भए क्यानले अनुमति दिने भएकाे हो ।
‘संघको आफ्नै आधिकारिक लिग सञ्चालन हुने भएकाले अन्य कुनै पनि लिगहरूलाई राष्ट्रिय मान्यता प्राप्त लिगको रुपमा मान्यता नदिने, तर क्षेत्रीय लिगको संरचानामा सञ्चालन गर्ने अवस्थामा अनुमति दिने सकिनेछ,’ क्यानको निर्णयमा भनिएको छ ।
यसै हप्ता मात्र ईपीएल आयोजक र सहभागी सात क्लबका मालिकहरूले प्रतियोगिता आयोजना गर्न पाउनु पर्ने भन्दै पत्रकार सम्मेनल गरेपछि क्यानले यो निर्णय लिएको हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |