काठमाडौं, ८ जेठ ।
कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले बलात्कारसम्बन्धी हदम्यादको व्यवस्था संशोधनको माग राखेर सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वको टोलीले आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीलाई बलात्कारसम्बन्धी हदम्यादको व्यवस्था संशोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
नेविसंघले एक वर्षे हदम्यादका कारण बलात्कारबाट पीडित महिलाहरूले न्याय पाउने अवस्थाबाट बञ्चित हुन परेको भन्दै अहिलेको व्यवस्था न्यायपूर्ण नभएकाले संशोधन गर्नुपर्ने माग गरेको हो ।
ज्ञापनपत्र बुझाएपछि अधयक्ष शेर्पाले भने, ‘बलात्कारजस्ता जघन्य अपराधका घटनामा दोषीले कुनै हालमा उन्मुक्ति पाउनुहुँदैन । दोषीमाथि कडा कारवाही र विभेदकारी कानुनी व्यवस्था संशोधन हुनुपर्छ ।’
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |