काठमाडौं, ४ जेठ ।
एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले चार वर्षमा चारवटा ल्याइएका बजेटमा राज्यको तीनखम्बे अर्थनीतिलाई बेवास्ता गरेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९/०८० कf लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले विगतमा चार वर्षमा चारववटा बजेट ल्याउँदा बेवास्ता गरिएको राज्यको तीनखम्बे अर्थनीतिलाई आगामी बजेटले स्वीकार्नुपर्ने बताए ।
खन्डिकृत भूमि नीतिलाई बजेटले तत्काल रोक्नुपर्ने भन्दै उनले यसका लागि भूमिसुधार गर्नुपर्ने बताए । कृषिक्षेत्रको विकासविना समुन्नत देशको कल्पना गर्न नसकिने भन्दै उनले भूमि सुधार नीतिविना कृषिको सुधार हुनै नसक्ने बताए । कृषिक्षेत्रलाई आधुनिकीकरण र यान्त्रिकरण गर्नुपर्नेमा जोड दिएका नेता खनालले प्रत्येक वडामा कृषि बजार स्थापना गर्नुपर्ने बताए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |