धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
काठमाडौं, ४ जेठ ।
देशका ७५३ स्थानीय तहमध्ये हालसम्म ४४४ वटामा मतगणना कार्य सकिएको छ ।
गत वैशाख ३० गते एकसाथ सबै स्थानीय तहमा भएको निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये सबैभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष पद नेपाली कांग्रेसले जितेको छ ।
नेपाली कांग्रेसले हालसम्म २०४ स्थानीय तहको प्रमुख तथा अध्यक्षमा विजय हात पारिसकेको छ । मतगणना सकिएकामध्ये ४५.९५ प्रतिशत पालिकामा कांग्रेसका उम्मेदवार विजयी बनेका छन् ।
स्थानीय तह निर्वाचनमा प्रमुख तथा अध्यक्ष पदमा निर्वाचित हुने दोस्रो ठूलो संख्या नेकपा एमालेका उम्मेदवारको छ । एमालेका उम्मेदवार हालसम्म १२८ स्थानमा विजय भइसकेका छन् । यो भनेको मतगणना सकिएका पालिकामध्ये २८.८२ प्रतिशत हो ।
तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले हालसम्म ८६ स्थानीय तहको प्रमुख तथा अध्यक्ष पदमा जित निकाल्न सफल भएको छ । हालसम्म मतगणना सकिएकामध्ये १९.३६ प्रतिशत पालिकामा माओवादीका उम्मेदवार विजयी बनेका छन् ।
नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार हालसम्म ७ पालिकाको प्रमुख तथा अध्यक्ष पदमा निर्वाचित भएका छन् । मतगणना सकिएका कूल पालिकामध्ये १.५७ प्रतिशतमा एकीकृत समाजवादीका उम्मेदवारले जितेका छन् ।
जनता समाजवादी पार्टी (जसपा), नेपालले हालसम्म ५ वटा स्थानीय तहको प्रमुख तथा अध्यक्ष पद जितेको छ । यो भनेको मतगणना सएिकामध्ये १.१२ प्रतिशत पालिका हो ।
अन्य दल र स्वतन्त्र उम्मेदवारले १४ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् । मतगणना सकिएकामध्ये ३.१५ प्रतिशत पालिका प्रमुख तथा अध्यक्षमा अन्य र स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले भने हालसम्म एउटा पालिकाको पनि प्रमुख तथा अध्यक्ष जित्न सकेको छैन ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |