वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
काठमाडौं, ३ जेठ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादका कारण टिम बाहिर रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अन्जन विष्टले छिट्टै टोलीमा फर्किने आशा व्यक्त गरेका छन् ।
हिजो (सोमबार)देखि २४औँ वर्षमा प्रवेश गरेका अन्जनले सामाजिक सञ्जाल फेसबुकमार्फत जन्मदिनको सुभकामना दिने सम्पूर्णमा धन्यवाद दिँदै आफूहरू राष्ट्रिय टोलीको विवाद चाडै समाधान हुनेमा आशावादी रहेको बताए ।
अन्जनले पोस्टमा नखाएको विष नलाग्ने भन्दै छिट्टै राष्ट्रिय टिमको जर्सीमा फर्किएर समर्थकहरूमा खुसी दिन मन भएकाे लेखेका छन् । ‘मेरो जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्नुहुने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा मलाई सदैव साथ दिनुहुने मेरा प्यारा फ्यानहरूमा हृदयदेखिनै हार्दिक कृतज्ञता प्रकट गर्न चाहान्छु ।
सायद यो जन्मदिन अरु वर्षभन्दा अलिक फरक रह्यो, आसा छ छिट्टै सबै कुरा ठिक हुनेछ । नखाएको विष लाग्दैन भन्ने लाग्छ, गल्ती नगरी कसैले पनि सजाय भोग्न नपरोस् । छिटै राष्ट्रिय टिमको जर्सी लगाई सम्पूर्ण नेपालीलाई खुसी दिन मन छ । सदैव यहाँहरुको साथ सहयोग र मायाको आस गर्दै पुनः सबैमा हार्दिक धन्यवाद ।’ अन्जनले लेखेका छन् ।
एसियन कपको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीका १० खेलाडीलाई मुख्य प्रशिक्षक अल्मुताइरीले होटल छोड्न निर्देशन दिएको भन्दै अन्जनसँगै, रोहित चन्द, विमल घर्तिमगर, सुजल श्रेष्ठलगायतका खेलाडीले प्रशिक्षण छोडेका थिए ।
यसबारे खेलाडी तथा प्रशिक्षक अल्मुताइरी दुवैले एन्फालाई विवादबारे पत्र पठाएका थिए । खेलाडीले घटनाको जानकारी गराउँदै स्पष्ट छानबिनको माग राखेका थिए भने प्रशिक्षकले खेलाडीहरूलाई माफी दिएको बताएका थिए ।
यद्यपि, प्रशिक्षकले माफी दिए पनि खेलाडीहरूलाई आसन्न एएफसी एसियन कप छनोटको तेस्रो चरणका लागि भने टिममा समावेश नगराउने बताइसकेका छन् ।
यस विवाद समाधानका लागि एन्फाले आर्मीका मेजर जनलर भिक्टर राणाको संयोजकत्वमा विदुर विष्ट र दीपक थापा गरी तीन सदस्यीय छानबिन समिति बनाएको छ ।
नेपालले जेठ अन्तिम साता जोर्डन, कुवेत र इन्डोनेसियासँग छनोट खेल खेल्नेछ ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |