Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष ८, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
  • साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानियसाँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
  • धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगरधादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
  • शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामाशिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
  • रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ  : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’

धादिङका कार्की सहित यी उम्मेदवार, जसलाई आफूबाहेक कसैले पनि पत्याएनन्

७९९ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १, आईतबार (३ साल अघि)
धादिङका कार्की सहित यी उम्मेदवार, जसलाई आफूबाहेक कसैले पनि पत्याएनन्

काठमाडौं, १ जेठ । 

स्थानीय तह निर्वाचनको मतगणना जारी छ । केही स्थानीय तहको अन्तिम मतपरिणाम आइसकेको छ । पालिकादेखि वडा कार्यालयको समेत अन्तिम मतपरिणाम आइरहेको छ ।

सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलका उम्मेदवारहरूबीच नै प्रतिस्पर्धा चलिरहेको छ । कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन् । विजयी हुने र उनका प्रतिस्पर्धीको मतान्तर धेरै देखिँदैन ।

कतिपय उम्मेदवारहरूले आफ्नोबाहेक अरू कसैको पनि भोट पाउन सकेको देखिँदैन । अर्थात् उनीहरूले एक मत मात्र पाएका छन् । त्यो उनी आफैंले दिएको मत मात्र । या कुनै एक व्यक्तिले मात्र दिएको मत हो ।

यतिसम्म कि उनीहरूलाई आफ्नै घरका सदस्यहरूले समेत पत्याएको देखिँदैन । मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा उम्मेदवार बनेका यामयाङ टासीलाई आफूबाहेक कसैले पनि पत्याएनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका टासीले एक मत मात्र पाए ।

जहाँ एमालेका कान्छा घले निर्वाचित भएका थिए । उनले ८६१ मत पाएका थिए । तीन हजार ५ सय ३५ मतदाता रहेको ङिस्याङमा एक हजार पाँच सय ७४ मत खसेको थियो । तर, टासीले एक मत मात्र पाए।

धादिङको ज्वालामुखी गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्षका लागि उम्मेदवारी दिएका एकीकृत समाजवादीका उम्मेदवार दिवश कार्कीले एक मत मात्रै पाए । २९ वर्षीय कार्कीले आफ्नो मात्र भोट पाएका हुन् ।

वडाध्यक्षमा ६२० मत ल्याएर कांग्रेसका राजु लोप्पा विजयी भए । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका अर्जुन शाही ठकुरीले ६१७ मत पाए । तीन मतको अन्तरले लोप्पा विजयी भएका थिए । एक हजार ७७४ मत खसेको थियो ।

धादिङ र मनाङका उम्मेदवारले मात्र नभएर अन्तिम मतपरिणाम सार्वजनिक भइसकेका कतिपय स्थानीय तहका कतिपय उम्मेदवारले एक मत मात्र पाइरहेका छन् । यस्ता उम्मेदवारको धरौटीसमेत जफत हुनेछ ।

नगरपालिका वा गाउँपालिकाको प्रमुख पदमा उम्मेदवारी दर्ताका लागि १५ सय रुपैयाँ धरौटी राख्नुपर्छ । त्यसमा महिला, दलित तथा अल्पसंख्यक समुदायका वा विपन्न उम्मेदवारलाई आधा छुट हुने व्यवस्था छ ।

वडाध्यक्षका लागि एक हजार र सदस्यका लागि पाँच सय रुपैयाँ धरौटी तिर्नुपर्छ । उम्मेदवारले सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएको अवस्थामा त्यस्तो धरौटी जफत हुने व्यवस्था छ । जफत भएको रकम सञ्चित कोषमा जम्मा हुनुपर्ने नियम छ ।

यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा ५० भन्दा बढी नगरपालिकाका उम्मेदवारले एक मत मात्रै पाएका थिए । काठमाडौं, भक्तपुर, ललितपुरदेखि कतिपय जिल्लाका नगरपालिकाको मेयरका उम्मेदवारले नै एक मत मात्र पाएका थिए । त्यस्तै वडाध्यक्ष, वडासदस्यका उम्मेदवारले पनि त्यसरी नै आफ्नोबाहेक अरू कसैको मत पाउन सकेनन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • नीलकण्ठ १२ स्थित पशुपति माविमा छात्रा भलिबल प्रतियोगिता सम्पन्न

    नीलकण्ठ १२ स्थित पशुपति माविमा छात्रा भलिबल प्रतियोगिता सम्पन्न

  • वैदेशिक रोजगारीलाइ सुरक्षित र व्यवस्थित बनाउन सिद्धलेकमा अभिमुखीकरण कार्यक्रम

    वैदेशिक रोजगारीलाइ सुरक्षित र व्यवस्थित बनाउन सिद्धलेकमा अभिमुखीकरण कार्यक्रम

  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”

    शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”

  • क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कार

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कार

  • समाचार
    नीलकण्ठ १२ स्थित पशुपति माविमा छात्रा भलिबल प्रतियोगिता सम्पन्न

    नीलकण्ठ १२ स्थित पशुपति माविमा छात्रा भलिबल प्रतियोगिता सम्पन्न

    वैदेशिक रोजगारीलाइ सुरक्षित र व्यवस्थित बनाउन सिद्धलेकमा अभिमुखीकरण कार्यक्रम

    वैदेशिक रोजगारीलाइ सुरक्षित र व्यवस्थित बनाउन सिद्धलेकमा अभिमुखीकरण कार्यक्रम

    शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”

    शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कार

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कार

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0