धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
काठमाडौं, ३० वैशाख ।
दाङ र डोटीमा भएको सवारी दुर्घटनामा २४ जना घाइते भएका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका–४ राना गाउँमा ना.अ प फा ९४१ नम्बरको एम्बुलेन्स र बा.८ च ६९२५ नम्बरको बलेरो बिहीबार ठोक्किँदा १० जना घाइत भएका छन् ।
बलेरोमा सवार ३ जना र एम्बुलेन्समा सवार ७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
बलेरोमा सवार सोही उपमहानगरपलिका–८ बस्ने ५७ वर्षीय टेक बहादुर बस्नेत र एम्बुलेन्स चालक रुकुम पश्चिम बाफीकोट गाउँपालिका–२ बस्ने ३२ वर्षीय कलीभान खत्री समेत १० जनाको राप्ती प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको छ । घाइतेमध्ये ५ जनाको अवस्था मध्यम र अन्यको सामान्य रहेको छ ।
यस्तै, डोटीको शिखर नगरपालिका–४ धुरकोटस्थित सडकमा ना.१ ज ३१५२ नम्बरको जिप बिहीबार साँझ दुर्घटना हुँदा जिप चालक समेत १४ जना घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारको लागि शैलेश्वरी अस्पताल दिपायल पठाइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर र अन्यको सामान्य रहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |