धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,२६ बैशाख ।
राष्ट्रिय बालअधिकार परिषदले निर्वाचनको बेला बालबालिकाको प्रयोग बढेको भन्दै ध्यानाकर्षण भएको बताएको छ । परिषदमा परेको उजुरीलाई आधार मान्दा वैशाख ८ यता आठवटा दलले बालअधिकार उल्लङ्घन गर्दै बालबालिकालाई सभा–जुलुसमा लगाएका छन् ।
परिषद्ले आफ्नो संयन्त्र परिचालन गरेर चुनाव प्रचारप्रसारमा बालबालिका प्रयोगसम्बन्धी विवरण सङ्कलन गरिरहेको छ । उजुरीअनुसार दलहरूले चुनाव चिह्न अङ्कित टिसर्ट, टोपी र स्टिकर लगाइदिएर बालबालिकालाई जुलुस र सभामा लाने गरिएको छ ।
वक्ता तथा कलाकारका रूपमा, पर्चा बाँड्न, नारा लगाउन, झन्डा बोक्न पनि बालबालिका प्रयोग गरिएको पाइएको परिषदका कार्यकारी निर्देशक मिलन धरेलले बताउनुभयो ।
निर्वाचनको बहानामा बालबालिकाको प्रयोग गर्दा उनीहरूको पठनपाठनमा प्रत्यक्ष असर पर्ने, मनोवैज्ञानिक रुपमा पनि असर गर्ने भएकाले त्यसो नगर्न जानकारहरू बताउँछन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |