Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ श्रावण १२, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानितनीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना सम्मानित
  • नेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री देउवा आज धादिङ आउदैनेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री देउवा आज धादिङ आउदै
  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मानचिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान
  • नेत्रावती डबजोङ गाउँपालिकाको शिक्षामा गौरवमय सफलताः एसईई रिजल्टमा जिल्लाकै प्रथम हुन सफलनेत्रावती डबजोङ गाउँपालिकाको शिक्षामा गौरवमय सफलताः एसईई रिजल्टमा जिल्लाकै प्रथम हुन सफल
  • ज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरणज्वालामुखी गाउँपालिकाद्वारा ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण

निर्वाचनको मिति नजिकिँदै गर्दा हिंसात्मक घटना बढ्दो

५४८ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २६, सोमबार (३ साल अघि)
निर्वाचनको मिति नजिकिँदै गर्दा हिंसात्मक घटना बढ्दो

काठमाडौं, २६ वैशाख। 

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा हिंसात्मक घटना बढ्न थालेका छन् । एकातिर उम्मेदवारहरू आफ्नो चुनावी प्रचार प्रसार अभियानलाई तीव्रता दिइरहेका छन् भने सँगै उनीहरू लक्षित हिंसात्मक घटना पनि बढिरहेका छन् ।

तेह्रथुम, सिन्धुपाल्चोक, चितवन, सर्लाही, धनुषा, भोजपुर, रोल्पा, सुर्खेत, हुम्ला, बैतडी, दार्चुलालगायतका जिल्लामा उम्मेदवारमाथि आक्रमणका घटना सार्वजनिक भएका छन् । चुनावी प्रचार प्रसारमा हिँडेका उम्मेदवारमाथि प्रतिस्पर्धीबाटै यस्तो खालको आक्रमण हुन थालेकाे हाे ।

यतिमात्र नभएर कतिपय ठाउँमा उम्मेदवारका सवारीसाधनमाथि तोडफोड गर्नुका साथै आगजानीका घटना पनि सार्वजनिक भइरहेका छन् । सर्लाहीमा त घरदैलो अभियानमा रहेका उम्मेदवारलाई विष हालेर मिठाई नै खुवाइएको घटना सार्वजनिक भएको छ ।

सर्लाहीको हरिवन नगरपालिका-११ का माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षका उम्मेदवार शेष इस्तिहारसहितका उम्मेदवारलाई मिठाईमा विष हालेर खुवाइएको हो । मिठाई खाएपछि बेहोस भएका उनीहरूको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो इस्तिहार हरिवन बजार नजिकको मुस्लिम टोलमा घरदैलोमा हिँडेका थिए । हरिवनमा माओवादीका मेयर उम्मेदवार कमल बुढाथोकी, वडाध्यक्षका उम्मेदवार इस्तिहारसहितको टोली घरदैलोमा गएका थिए ।

टोलीलाई स्थानीयले मिठाई तथा कोल्ड ड्रिङ्स खान दिएका थिए । मेयरका उम्मेदवार बुढाथोकीले भने स्वास्थ्यको कारण देखाउँदै मिठाई खाएनन् र उनी अलि चाँडै हिँडेका थिए । स्थानीयले दिएको मिठाई खाएको पाँच मिनेटपछि वडाध्यक्षका उम्मेदवार शेषसहित अन्य उम्मेदवार बेहोस भएर ढलेका थिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी माधवप्रसाद बुढाथोकीले घटनाबारे अनुसन्धान भइरहेको बताए । उक्त घटनापछि माओवादी कार्यकर्ताले हरिवनमा विरोध प्रदर्शन गरेका थिए ।

धनुषामा एमाले कार्यकर्ताले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उम्मेदवारमाथि कुटपिट गरेका छन् । धनुषाको सबैला नगरपालिका-४ का राप्रपा वडा सदस्यका उम्मेदवार समशुल राइन मियाँमाथि एमाले कार्यकर्ताले आक्रमण गरेको राप्रपाले जनाएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति निकालेर राप्रपा वडा सदस्यका उम्मेदवारलाई एमालेका कार्यकर्ताले उम्मेदवारी फिर्ता लिन दबाब दिएको र फिर्ता लिन नमानेपछि उम्मेदवारसहित परिवारमाथि नै आक्रमण भएको उल्लेख गरेका छन् ।

उता रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ मा पनि राप्रपाका वडाध्यक्षका उम्मेदवार लिलीवीर बिसीमाथि धम्की आएको छ । माओवादी केन्द्रका कार्यकर्ताले बाटो छेकेर धम्क्याउने, पार्टीको झन्डा च्यातेर फालिदिने र उम्मेदवारलाई लछारपछार गरेको राप्रपाले जनाएको छ ।

तेह्रथुमको छथर गाउँपालिकामा एमालेबाट अध्यक्ष पदका उम्मेदवार सन्तवीर तिगेलामाथि आक्रमण भयो । २४ वैशाखमा पाँच दलीय गठनबन्धनमा माओवादी केन्द्रबाट गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार इन्द्र इम्सङ र नेपाली कांग्रेसबाट गाउँपालिकामा उपाध्यक्ष पदका उम्मेदवार टेकराज तिगेलाको नेतृत्वको समूहले घरदैलो कार्यक्रम सम्पन्न गरी खाना खाइरहेको अवस्थामा सांघातिक आक्रमण गरेको एमालेले आरोप लगाएको छ ।

छथर गाउँपालिका-५ मा घरदैलो कार्यक्रम सम्पन्न गरी खाना खाइरहेको अवस्थामा गठबन्धनका उम्मेदवारहरूले सांघातिक आक्रमण गरेपछि उनीहरूविरूद्ध २४ वैशाखमा एमालेले प्रहरीमा उजुरी दिएको थियो ।

सुनसरीमा एक बागी उम्मेदवारको रहस्यमय मृत्यु भयो । कांग्रेसले वडाध्यक्ष पदका लागि टिकट नदिएपछि सुनसरीको रामधुनी-८ बाट वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका ६५ वर्षीय गणेश पौडेल शनिबार झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

रामधुनीको डुम्राहास्थित पौडेलचोकका पौडेल गत चुनावमा र यसपालि पनि टिकट नपाएपछि बागी बनेका थिए । केही दिनअघि मात्रै उनी घरबाट बेपत्ता भएका थिए । मोबाइल घरमा र मोटरसाइकल इनरुवामा छाडेर बेपत्ता भएका उनी भोलिपल्ट सम्पर्कमा आएका थिए । सम्पर्कमा आएका पौडेलले साथीको घरमा बसेको बताएका थिए ।

प्रहरीले अनुसन्धानका लागि भन्दै बोलाएको भोलिपल्ट शनिबार शव घर पछाडिको रुखमा झुन्डिएको अवस्थामा फेला परेको हो । शवसँगै प्रहरीले ‘सुसाइड नोट’ पनि बरामद गरेको प्रहरीले जनाएको छ । स्थानीय तहको चुनाव र आफ्नै पार्टीभित्रको विवादबीच पौडेलको मानसिक सन्तुलनमा केही गडबडी उत्पन्न भएकाले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

आफ्ना उम्मेदवारमाथि आक्रमण हुन थालेपछि एमाले अध्यक्ष केपी ओलीले प्रतिकारमा उत्रिन निर्देशन दिएका छन् । आइतबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले निर्वाचन लक्षित गरेर पाँचदलीय गठबन्धनका कार्यकर्ताबाट आफ्ना उम्मेदवारमाथि आक्रमण हुन थालेको भन्दै प्रतिकारमा उत्रिन निर्देशन दिएका हुन् । उनले सरकारको समेत ध्यानाकर्षण गराएका थिए ।

विगतको भन्दा फरक
२०७४ सालको स्थानीय तह निर्वाचनमा हिंसात्मक घटना एकदमै बढी थिए । त्यसबेला बम आक्रमणसम्मका घटना भएका थिए । तत्कालीन नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, सिके राउत नेतृत्वको समूहलगायतका विभिन्न समूहबाट हिंसात्मक घटना बढी भएका थिए ।

जसमा उम्मेदवार लक्षित गरेर बम आक्रमणसमेत हुने गरेको थियो । तर, यसपालि भने त्यस्ता खालका हिंसात्मक घटना नभएको प्रहरीले जनाएको छ । सुरक्षा निकायले यसअघि नै यसपालिको स्थानीय तह निर्वाचनका लागि सुरक्षा जोखिमको विश्लेषण गरेको थियो । जसमा विगतका जस्ता आपराधिक गिरोह निस्क्रिय रहेकाले त्यस्ता खालका घटना नहुने ठहर सुरक्षा निकायको थियो ।

२०७४ काे स्थानीय निर्वाचनमा दोलखामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा एमालेका एकजना कार्यकर्ता मारिएका थिए । त्यो बेला ५० भन्दा बढी बम राखेको, तोडफोड गरेको, सवारीसाधनमा आगजानी, झडप तथा उम्मेदवारमाथि वा उसका समर्थकमाथि आक्रमण भएका थिए । यो पटकको निर्वाचनमा त्यस्ता बम आतंक जस्ता हिंसात्मक घटना नहुने सुरक्षा निकायले  यसअघि नै विश्लेषण गरेको थियो ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीका अनुसार विगतमा गुणागर्दी गर्ने समूह, आपराधिक गिरोह निष्क्रिय छन् । जसले गर्दा यो निर्वाचनमा त्यस्तो खालको हिंसात्मक घटना कम हुने विश्लेषण गरिएको प्रवक्ता केसीले बताए । अहिले विशेषगरी पार्टी-पार्टीबीच झडप, आक्रमणका घटना मात्र भइरहेको उनको भनाइ छ । यस्ता खालका घटना कम गर्न प्रहरीले सुरक्षा प्रत्याभूति गराउँदै आएको उनको भनाइ छ।

उम्मेदवारको सुरक्षा, चुनावी प्रचार प्रसारमा जाँदा हुनसक्ने सम्भावित घटना, मतदानस्थलमा हुन सक्ने घटनाबारे प्रहरी सचेत रहेको उनको भनाइ छ । गृह मन्त्रालयले सबै सुरक्षा निकायलाई निर्वाचन सुरक्षित र भयरहित वातावरणमा बनाउन निर्देशन दिएको छ । गृहमन्त्री बालकृष्ण खाँणले सबै सुरक्षा निकाय प्रमुखलाई निर्वाचन लक्षित हुने हिंसात्मक घटनाबारे सचेत हुने निर्देशन दिएका हुन् ।

नवनियुक्त प्रहरी प्रमुख धिरजप्रताप सिंहले समेत स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, भयरहित एवं सुरक्षित तवरबाट सम्पन्न गर्न उच्च सतर्कता, संवेदनशीलता र महत्वका साथ सुरक्षा व्यवस्थालाई अझै चुस्त बनाउन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयमा भर्चुअल रूपमा भिडियो कन्फ्रेन्समार्फत शनिबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा उपत्यका एवं प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • वाइसीएल धादिङको जिल्ला प्रशासनलाई ज्ञापनपत्र : कृषि मलको अभाव तत्काल समाधान गर्न माग

    वाइसीएल धादिङको जिल्ला प्रशासनलाई ज्ञापनपत्र : कृषि मलको अभाव तत्काल समाधान गर्न माग

  • रोटरी क्लब अफ धादिङद्धारा देउराली  मा.विमा वृक्षरोपण 

    रोटरी क्लब अफ धादिङद्धारा देउराली  मा.विमा वृक्षरोपण 

  • काठमाडौंमा त्रिपुरासुन्दरीका २६५ लाभग्राहीको सामाजिक सुरक्षा परिचयपत्र नविकरण

    काठमाडौंमा त्रिपुरासुन्दरीका २६५ लाभग्राहीको सामाजिक सुरक्षा परिचयपत्र नविकरण

  • निर्मला हत्या प्रकरणका सात वर्ष : अनुसन्धान जारी

    निर्मला हत्या प्रकरणका सात वर्ष : अनुसन्धान जारी

  • समाचार
    वाइसीएल धादिङको जिल्ला प्रशासनलाई ज्ञापनपत्र : कृषि मलको अभाव तत्काल समाधान गर्न माग

    वाइसीएल धादिङको जिल्ला प्रशासनलाई ज्ञापनपत्र : कृषि मलको अभाव तत्काल समाधान गर्न माग

    भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!

    भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!

    रोटरी क्लब अफ धादिङद्धारा देउराली  मा.विमा वृक्षरोपण 

    रोटरी क्लब अफ धादिङद्धारा देउराली  मा.विमा वृक्षरोपण 

    काठमाडौंमा त्रिपुरासुन्दरीका २६५ लाभग्राहीको सामाजिक सुरक्षा परिचयपत्र नविकरण

    काठमाडौंमा त्रिपुरासुन्दरीका २६५ लाभग्राहीको सामाजिक सुरक्षा परिचयपत्र नविकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0