Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष ८, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
  • साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानियसाँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
  • धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगरधादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
  • शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामाशिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
  • रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ  : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’

शीर्ष नेतालाई गृह जिल्लामा खड्गो !

५७६ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २५, आईतबार (३ साल अघि)
शीर्ष नेतालाई गृह जिल्लामा खड्गो !

काठमाडौं, २५ वैशाख ।

पाँच वर्षे अवधि भएको स्थानीय सरकारका लागि अबको पाँचौं दिनमा देशभरबाट ३५ हजार बढी जनप्रतिनिधि चुन्न निर्वाचन हुँदै छ । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) पार्टी र राष्ट्रिय जनमोर्चा भएको गठबन्धन छ ।

यही पाँच दलीय गठबन्धनका र्शीष नेताहरूले एमालेलाई ‘साइज’मा ल्याउन भन्दै निर्वाचनमा तालमेल गरिएको बताउँदै मतदातासँग मत मागिरहेका छन् । तर, तिनै शीर्ष नेताहरूलाई भने आफ्नै जिल्लामा निर्वाचन जिताउन ठूलो खड्गो छ ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई गृहजिल्ला डडेल्धुरामा पार्टीका उम्मेदवारहरूलाई निर्वाचन जिताउन दुई कारणले असहज छ । पहिलो, गठबन्धन दलहरूबीच तालमेल छैन । एक्लाएक्लै निर्वाचनमा होमिएका छन् ।

नेपाली कांग्रेस (विपी) ब्युँताएर निर्वाचन अभियानमा छन् । उनले नेकपा एमालेसँग निर्वाचनमा तालमेल गरेका छन् ।  यी दुई कारणले देउवालाई गृहजिल्ला डडेल्धुरामा पार्टीका उम्मेदवारहरूलाई निर्वाचन जिताउन सहज छैन ।

यसकाे पुष्टि हुनेगरी प्रधानमन्त्री देउवा पत्नी आरजु राणाले शुक्रबार डडेल्धुरा पुगेर करुवा चिह्‍न लिएर निर्वाचन अभियानमा रहेका उम्मेदवारहरुलाई मतदान नगरन आग्रह नै गरेकी थिइन् । पार्टीका मेयर नभए बजेट नपठाउने भन्‍न पनि भ्याइन् ।

गठबन्धनमै रहेको अर्को दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि गृहजिल्ला चितवनमा निर्वाचन जिताउन मुस्किल परेको छ । कारण, कांग्रेसबाट राष्ट्रियसभा सदस्य भइसकेका नेता जगन्नाथ पौडेलले उम्मेदवारी दिनु । हुन त उनी कांग्रेसको कारबाहीपछि पार्टीबाट अलग छन् ।

तर, गठबन्धनको साझा उम्मेदवार रेणु दाहाललाई जाने मत काटिन सक्ने आँकलन छ । उनै पौडेलका कारण माओवादीले तालमेलको क्रममा पाएको एक मात्र महानगरपालिका भरतपुरमा पनि निर्वाचन जिताउन प्रचण्डलाई सहज छैन ।

जसपा अध्यक्ष उपेन्द्र यादवको गृहजिल्ला मोरङको विराटनगर महानगरपालिकामा कांग्रेस–जसपा र एकीकृत समाजवादी गठबन्धनमा त छ । तर, माओवादी केन्द्रकी नमिता न्यौपाने र जसपाकै उमेश यादव बागी उम्मेदवार बनेका छन् ।

यसअघि २०७४ सालको निर्वाचनमा यादव प्रमुख र न्यौपाने उपप्रमुख पदकी उम्मेदवार थिए । यस पटक पनि सोही पदमा दुवै जना बागी भएर उम्मेदवार बनेका हुन्।

बागीकै कारण यादवलाई गृह जिल्लामा गठबन्धनका उम्मेदवारहरूलाई निर्वाचन जिताउन चुनौती थपिएको छ । सोही पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृहजिल्ला गोरखामा पनि गठबन्धन दलहरूबीच नै तालमेलमा समस्या भएपछि आफ्नै पार्टीका उम्मेदवारलाई जिताउन भनेर भट्टराई मत मागिरहेका छन् ।

उनले त गठबन्धन दलहरूबीच भएको तालमेलप्रति नै असन्तुष्टि पनि जनाउँदै आएका छन् ।  गठबन्धनकै अर्को दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा पनि गठबन्धन दलहरूबीच तालमेल हुन सकेन ।

चन्द्रपुर नगरपालिकामा कांग्रेसबाट सरोज काफ्ले, एकीकृत समाजवादीबाट बाबुराम दाहाल, माओवादी केन्द्रबाट हरि पौडेल र एमालेबाट शिव आचार्य प्रमुख पदका उम्मेदवार छन् । अन्य स्थानीय तहमा पनि त्यस्तै छ । जसले गर्दा नेपाललाई गृहजिल्लामा आफ्ना पार्टीका उम्मेदवारलाई निर्वाचन जिताउन सहज देखिएको छैन ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको गृहजिल्लामा जनमोर्चा सांगठनिक रूपमा बलियो नै छ । तर, त्यहाँ पनि गठबन्धन दलहरूबीच तालमेल भएन । जसका कारण गठबन्धन दलहरू नै एक अर्काबीच ‘मित्रवत् प्रतिस्पर्धा’ भन्दै चुनावी मैदानमा छन् ।

यस्तो समस्या गठबन्धन दलहरूमा मात्र होइन, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि गृहजिल्ला झापामा छ । उनकै गृहनगर दमक नगरपालिकामा एमालेविरुद्ध राप्रपासहितको गठबन्धन छ । गठबन्धनका कारण ओलीलाई पनि पार्टीका उम्मेदवारहरूलाई निर्वाचन जिताउन मुस्किल छ ।

झापा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको पनि गृहजिल्ला हो । पहिले जितेको कचनकबल गाउँपालिकामा राप्रपाविरुद्ध कांग्रेस–एमालेबीच तालमेल छ । यसले गर्दा लिङ्देनलाई पनि पार्टीका उम्मेदवारहरूलाई निर्वाचन जिताउन चुनौती छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”

    शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”

  • क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कार

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कार

  • चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

    चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

  • क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कारको घोषणा

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कारको घोषणा

  • समाचार
    शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”

    शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कार

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कार

    चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

    चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कारको घोषणा

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कारको घोषणा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0