धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
काठमाडौं, २५ वैशाख।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ मतदाताहरूलाई जीवनको पहिला मतदान सूर्यमा गर्न आग्रह गरेका छन् । नयाँ मतदाताकाहरूको जीवनस्तर विकसित देशका नागरिकको भन्दा कम हुन नदिने प्रतिबद्धता जनाए ।
नेकपा एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले जीवनको पहिलो मतदान सूर्य चिह्नमा गर्न आग्रह गरेका हुन् । जीवनको पहिलो मतदान सूर्य चिह्नमा गरेर विकासको नयाँ युगमा प्रवेश गर्न ओलीले आग्रह गरे । ‘तपाइँहरूको क्षमता विकास गरी तपाइँहरूलाई अद्वितीय उपलब्धी हासिल गर्नसक्ने प्रतिस्पर्धी, क्षमतायुक्त, सम्मानित र आदर्शवान् नागरिक बनाउने भिजन र कार्यक्रम एमालेसँग छ,’ ओलीले भने ।
उनले नयाँ मतदातालाई मात्र नभएर नेपाली कांग्रेसलाई मतदान गर्ने सोच बनाइरहेका मतदातालाई समेत सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे । ‘कांग्रेसलाई मतदान गर्ने धारणा बनाउनुभएका मतदाताहरूलाई समेत म आग्रह गर्न चाहन्छु,’ ओलीले भने, ‘यसपटक नेपालको विकासका लागि, तपाइँहरूको जीवनमा सुख समृद्धि ल्याउनका लागि र तपाइँहरूका सन्ततीको स्वर्णिम भविष्य सुनिश्चित गर्नका लागि आउनुहोस्, निर्धक्कका साथ सूर्य चिह्नमा मतदान गरौं ।’
अब कम्तिमा दुई अवधि (पाँच/पाँच वर्ष) को निर्वाचनमा स्थानीय तह, प्रदेश र संघीय संसद्मा नेकपा एमालेलाई विजयी गराउन पनि उनले मतदाताहरूलाई अनुरोध गरे । ‘नेकपा एमालेलाई अत्याधिक बहुमतले विजयी बनाई नेपालको विकास र नेपालीको सुखको चीर प्रतिक्षित आकाक्षां पूरा गर्न र देशमा स्थिरता र स्थायित्व कायम गर्नका लागि आदरणीय मतदाताहरू समक्ष साथ, समर्थन र सहयोगका लागि हार्दिक आग्रह गर्दछु,’ ओलीले भने ।
गठबन्धन बनाउनको लागि जनताको मत नचाहिने भन्दै जनताको मत त नेपालको विकास र समृद्धिको सुनौलो युग ल्याउनका लागि चाहिने ओलीको भनाइ छ । त्यो सुनौलो युग नेकपा एमालेले सुरू गरिसकेको छ र अबको पाँच वर्षमा सम्पन्न गर्ने उनले प्रतिबद्धता जनाए ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |