वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ,२४ बैशाख ।
बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि धादिङमा जिल्ला स्तरीय प्रतियोगिता गरी खेलाडी छनोट गरिने भएको छ ।
राष्ट्रिय खेलकुद परिषदको आयोजनामा जेष्ठ २१ देखि २८ गते सम्म हुन लागेको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि धादिङ जिल्ला स्तरीय प्रतियोगिता गरी खेलाडी छनोट गर्न लागिएको हो ।
शनिबार जिल्ला खेलकुद विकास समिति धादिङले एक सूचना जारी गर्दै बिभिन्न २१ विधामा खेलाडीहरुलाई प्रदेश खेल्न पठाउनु पर्ने भएकोले जिल्ला स्तरीय छनोटमा भाग लिन आव्हान गरेको छ । छनोट भएका खेलाडीहरुलाई बागमती प्रदेश स्तरीय छनोटमा पठाउनु पर्ने भएकोले बैशाख २९ गते भित्र खेलाडी दर्ता फारम भरि नाम दर्ता गराउन सूचनामा भनिएको छ ।
सूचनामा उल्लेख गरिए अनुसार खोलाडी छनोट गरिने २१ विधाको खेलहरुमा टेवल टेनिस, जुडो, उसु, आईटिएफ, फु.कराते, कबडी, बास्केटबल, बुद्धिचाल, ह्याण्डवल, हक्की, रक्बी, पौडी, स्ब्वास, सेपाकताको, भारोक्तोलन, कुस्ती, सुटिङ, खो–खो, लङ टेनिस, गल्फ, सफ्टेनिस छन् । यी सबै खेलहरुमा महिला पुरुष दुबै टिम छनोट गरिने जनाईएको छ ।
छनोट प्रक्रियामा भाग लिन चाहाने खेलाडीले नाम दर्ता गर्न आउँदा साथमा नागरिकताको प्रतिलिपि वा जन्मदर्ताको प्रतिलिपि, पासपोर्ट साईजको ३ प्रति फोटो ल्याउनु पर्ने सूचनामा भनिएको छ ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |