Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष ८, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
  • साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानियसाँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
  • धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगरधादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
  • शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामाशिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
  • रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ  : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’

हरेक वर्ष डुबानमा पर्ने धनगढी श्रीलंकावासीको पुरानै माग, उम्मेदवारको पुरानै आश्वासन

५४१ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २४, शनिबार (३ साल अघि)
हरेक वर्ष डुबानमा पर्ने धनगढी श्रीलंकावासीको पुरानै माग, उम्मेदवारको पुरानै आश्वासन

धनगढी, २४ वैशाख

निर्वाचन जितेर नफर्किएका नेताहरूलाई धनगढी उपमहानगरपालिका–१३ का बासिन्दाले पाँच बर्षसम्म किन गाउँ नआएको भन्दै ¥याख¥याख्ती पार्ने गरेका छन् । अघिल्लो निर्वाचनमै श्रीलंका टापुको डुबान समस्या समाधान गर्छु भनेको किन पुरा भएन भनेर प्रश्न गर्ने गरेका छन् । उम्मेदवारहरू भने स्थानीयलाई पुरानै आश्वासन दोहोर्याइरहेका छन् ।

श्रीलंका टापुमा डुबान समस्या विकराल छ । स्थानीयले डुबान समस्या समाधानका लागि सबै सरकारी निकाय र नेतालाई आग्रह गर्दा समेत नसुनेको गुनासो गरे । यहाँका उम्मेदवार र विजयी भएकाहरूले पनि आश्वासन मात्रै दिएको उनीहरूको दुखेसो छ ।

निर्वाचन नजिँकिएसँगै श्रीलंकामा जाने सबै उम्मेदवारको एउटै एजेण्डा हुन्छ यहाँको डुबान नियन्त्रण गरिदिने । स्थानीय टीका चौधरीका अनुसार बर्षौ भइसक्यो तर डुबानको समस्या ज्यूँका त्यूँ छ । ‘पाँच वर्षअघि पनि उम्मेदवारहरू यहाँको डुबान समस्या समाधान गर्छाैं भन्दै भोट माग्न आएका थिए,’ अर्का स्थानीय दिनेश चौधरीले भने, ‘चुनाव जीतेपछि नेताले फर्केर हेरेनन्, अहिले फेरी त्यही मुद्दा दोहो¥याउँदै उम्मेदवार भोट माग्न आएका छन् ।’

उनले उम्मेदवारहरूले डुबानको समस्यालाई चुनावी मुद्दा बनाएर नागरिकको भोट माग्न खाजेको आरोप लगाए । ‘यही मुद्दालाई सबैले एजेण्डा बनाउँदै गाउँमा आइरहेका छन्,’ उनले भने, ‘तर, कतिपय उम्मेदवार गाउँको स्थिति बारेमा जानकारनै छैनन् ।’

कैलालीको मोहना नदी किरानरमा रहेको सो वस्ती डुबानमा पर्ने भएका कारण ‘श्रीलंका’ भनेको रहेछ । ०५७ सालमा सरकारले भुमिहीन, मुक्त कमैया र सुकुमवासीलाई सो ठाउँमा बस्न दिएका हो । होचो ठाउँ भएका कारण बर्षायाममा मोहना नदी गाउँमा पस्ने र एउटा सानो टापु मात्रै देखिने भएका कारण सो ठाउँको नाम ‘श्रीलंका’ टापु रहन गएको स्थानीयको भनाइ छ ।

‘होचो जमीनमा वस्ती बसाएका कारण मोहना नदीमा थोरै पानीको वहाव बढ्ने बित्तिकै गाउँमा पानी भरिहाल्थ्यो’ स्थानीय दिलबहादुर चौधरीले भने ‘अनि सानो टापुमा गएर बस्थ्यौं, बाढीबाट बँच्न हामी बस्ने टापुका कारण यो ठाउँको नामनै ‘श्रीलंका’ रहन गयो ।’

अहिले मोहना नदी गाउँमा पस्ने समस्या समाधान भए पनि वर्षायाममा भने डुबानको उच्च जोखिम रहेको उनले बताए । ‘मोहनाबाट गाउँमा पानी आउने नदीको स्थानमा अहिले तटबन्धन गरेर बाँध लगाएको छ,’ उनले भने ‘तट्बन्धनपछि गाउँमा पानी आउन छोडेको छ ।’

गाउँ डुबानमुक्त बनाउँन गाउँमा पूर्व भलमन्साको ठूलो योगदान रहेको स्थानीय तारा चौधरीले बताए । ती भलमन्सा बन्धुराम चौधरीको हाल निधन भइसकेको उनले बताए । ‘हालको गोदावरी नगरपालिका–५ स्थित मुक्तकमैया शिविरबाट श्रीलंका आएका हामीलाई यहाँ (श्रीलंका) बस्न निक्कै मुस्किल थियो,’ उनले भने ‘तर, तत्कालिन भलमन्साले ठूलो संघर्ष गरेर लालपूर्जा प्राप्त गरे । उनको मृत्यु भएसँगै हालसम्म पूर्जा व्यक्तिको नाममा आउन सकेको छैन ।’ मुक्तकमैयाँ वस्तीबाट २०५७ सालमा श्रीलंकामा वस्ती सारिएको थियो ।

स्थानीय जीतबहादुर चौधरीले डुबानमुक्त भए पनि बर्षाको पानी निकास नहुँदा निक्कै समस्या भएको बताए । ‘गाउँमा नाला निर्माण नगरिँदा बर्षाको पानी जमेर हुने डुबानका कारण निक्कै समस्या भएको छ ।’ उनले भने ‘स्थानीयदेखि संघीय सरकारसँग आग्रह गर्दा पनि हाम्रो माग पूरा हुन सकेको छैन ।’ उनले आफ्नो टोल धनगढीमै पर्ने भए पनि सरकारको नजरबाट भने, ‘श्रीलंका देश’ जतिनै टाढा रहेको बताए ।

‘सुदूरपश्चिम प्रदेशको एक मात्र उप–महानगरपालिकामा हामी बसेका छौं’ उनले भने ‘तर सरकारको नजरबाट हामी ‘श्रीलंका’ जतिनै टाढा छौं, न त स्थानीय तरकारले हेर्छ, न त प्रदेश र संघीय सरकारको नै ।’

करिब तीन सय परिवारको बसोबास रहेको यो टोलबाट हालसम्म कुनै पनि नागरिकले निर्वाचनका लागि टिकट समेत पाउन सकेको छैन । टोलका भलमन्सा विनक चौधरीले भने, ‘हामीले सवै राजनीतिक दलसँग वडा सदस्यसम्म भए पनि टिकट दिन आग्रह गर्दा समेत कसैले विश्वास गरेनन् ।’

‘श्रीलंका’वासीलाई सरकारले २०५७/०५८ सालतिर जमीनको पुर्जा उपलब्ध गराए पनि हाल सम्म जमीनमा हक भने नदिएको उनीहरूको गुनासो छ । ‘लालपुर्जा दिएर हामीले वर्षेनी सरकारलाई कर तिर्न परिरहेको छ,’ दिलबहादुर चौधरीले भने ‘तर सो लालपूर्जा धितो राख्ने अधिकार दिएको छैन, जमीन धितो राखेर स्वरोजगार बन्ने चाहना पुरा हुन सकेको छैन, लगानी गर्न अन्य कुनै माध्याम पनि छैन ।’ गाउँमा बाढी आएका बेला बस्ने टापु भने मोहना नदीले नै निर्माण गरेको गाउँका एक वृद्धले बताए ।

‘एक पटक मोहनामा ठुलो बाढी आएको थियो,’ ८० वर्षीय बुद्धि चौधरीले भने, ‘सोही बाढीले नदीको केहीयता गाउँतिर टापु बनायो, तर त्यतिवेला यहाँ वस्ती थिएन । अनि टापुको नाम पनि राखिएको थिएन ।’ करिब तीन सय परिवार रहेको श्रीलंकाका अधिकांस परिवार बेरोजगार छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”

    शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”

  • क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कार

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कार

  • चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

    चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

  • क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कारको घोषणा

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कारको घोषणा

  • समाचार
    शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”

    शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कार

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कार

    चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

    चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कारको घोषणा

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा संसदीय निर्वाचन बहिष्कारको घोषणा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0