Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २३, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

बिर्सिएकै हो ‘एन्फा डे’ ?

नीलकण्ठ एफ.एम ३३४५ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २२, बिहिबार (४ साल अघि)
बिर्सिएकै हो ‘एन्फा डे’ ?

काठमाडौं, २२ वैशाख।

गणेश थापाले एक छत्र राज गरेकाे नेपाली फुटबलको सर्वाेच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)को दुई दशकको कार्यकाललाई च्युत गराएका थिए कर्मा छिरिङ शेर्पा र उनको गुटले ।

एन्फामा आर्थिक पारदर्शिता अभाव, भ्रष्टाचार, सामूहिक एकता अभाव, फुटबलमा विकेन्द्रिकरण नारामै सिमितलगायत मुद्दा उठाउँदै ‘कर्मा एण्ड कम्पनी’ले ‘चेन्ज एन्फा’को नारा लगाएर थापाकाे करिब दुई दशकको सत्ता ढालेको थियो ।

चार वर्षअघि २२ वैशाखमा कर्माको टोली एन्फाको बागढोर समाल्न आएको थियो । १६औँ साधारण सभाबाट एन्फा हाक्न आएको कर्मा एण्ड कम्पनी प्यानलको ठिक चार वर्षे कार्यकाल आज पूरा भएको छ ।

२२ वैशाख ०७५ मा एन्फामा नयाँ नेतृत्वको रुपमा आएको यो टिमले अर्काे वर्ष विजयी वर्ष मनायो । त्यो पनि ‘एन्फा डे’ काे नाममा । जुन दिन युवा खेलाडी, फुटबलमा योगदान पुर्याएका पदाधिकारी, खेलाडी लगायतलाई पुरस्कृत गरियो ।

यसरी सामूहिक नेतृत्व, आर्थिक पारदर्शिता, विकेन्द्रिकरणका नारा लगाएर एन्फामा आएको टिम दोस्रो वर्ष नलाग्दै आन्तरिक द्वन्दमा फस्यो । वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्ष विरबहादुर खड्का र महासचिव ईन्द्रमान तुलाधरलाई मिलाउन नसक्दा अध्यक्ष शेर्पा सुरुआवाती दिनबाटै एन्फामा चेपिए । केहिले पंकज बिच्कने त कहिल खड्का । बेला बेला महासचिव तुलाधर ।

सबैलाई समेटेर एन्फा नेतृत्वमा आएका कर्मा अहिले आफ्नै टिम फुट्दा आगामी चुनावमा त्यही कार्यसमितिमा सहयोग गरेका साथीविरुद्ध आगामी चुनावमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्दैछन् ।

पक्का त भएको छैन तर तयारीमा लागेकाे चर्चा छ । आगामी ६ असारमा हुने चुनावका लागि कर्मा र पंकज चुनावी मैदानमा भिड्ने करिब करिब निश्चित छ । दुबै टोली प्यानलसहित आन्तरिक तयारीमा जुटेका छन् ।

त/, यही टिमले आफ्नो विजयी दिनको रुपमा मनाउन सुरूवात गरेको ‘एन्फा डे’ दोस्रो वर्ष लगत्तै हुन सकेको छैन । विश्वभर फैलिएको कोरोना कारण तेस्रो वर्षलाई बिर्सिएको नेतृत्वले अन्तिम वर्षलाई समेत सम्झन सकेन ।

एन्फा नेतृत्वले ‘एन्फा डे’ बिर्सिएको दिन पूर्व अध्यक्ष थापाले भने नेतृत्वलाई एकबिहानै आज ‘एन्फा डे’ भनेर  समाजिक संजालमार्फत सम्झाइदिए ।

उनले आफ्नो सत्ता ढले पछिको रिस र आक्रोस बिहानै सामाजिक संजाल मार्फत पनि पोखेका छन् । ‘आजको दिन ‘एन्फा डे’ को नाममा करिब २० लाख रुपैयाँ अन्नपूर्ण होटेलमा रात्रिभोजको आयोजना र जाड रक्सी खाने कार्यक्रम तथा विगतमा खेलाडीहरूले प्राप्त गर्दै आएको कार तथा अपार्टमेन्ट पुरस्कार नदिएर  खेलाडीलाई ११ लाख रुपैयाँ दिएको थियो ।’

यस्तै, थापाले विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले एन्फामाथि लगाएको अघोषित नाकाबन्दीका कारण आर्थिक अभावका कारण कार्यक्रम रोकिएको समेत अभिव्यक्ति दिएका छन् । ‘विगत दुई वर्षदेखि फिफाले अघोषित रुपमा आर्थिक नाकाबन्दी लगाएको कारणले कार्यक्रम रोकिए छ,’ थापाले लेखेका छन् ।

अध्यक्ष कर्मा र उनको प्यानलमा रहेका पदाधिकारीलाई सामाजिक संजालबाटै खेदो खेन्न नछोड्ने थापाले ‘एन्फा डे’मार्फत सामाजिक संजालमा चर्चा बटुल्दै आएका तिनै पदाधिकारीलाई व्यङ्य गर्दै ‘एन्फा डे’ बिर्सिएको बताएका छन् ।

‘५ मे २०२० मा ‘एन्फा डे’ भनेर विभिन्न समाजिक सञ्जालमा पोष्ट गर्नेहरूले दुई वर्षदेखि ‘एन्फा डे’ बिर्सिएको जस्तो लाग्यो ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

  • सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

  • धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0