काठमाडौं, १९ वैशाख।
पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) दोस्रो खेलमा पाहुना टोली जिम्बाब्वे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । हिजो भएको पहिलो खेलमा बलिङ र ब्याटिङ दुबैमा चुकेको नेपाल घरेलु मैदानमा पराजित भएको थियो ।
त्यसैले नेपाल दोस्रो खेलमा हारको बदला लिदै शृंखला १-१ को अवस्थामा ल्याउन चाहन्छ । नेपाली टिम सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रनेछ । नेपालले अमेरिकामा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को तयारी स्वरुप जिम्बाब्वेसँग खेल्न लागेको हो ।
यसअघि पहिला तीन एकदिवसीय खेल र त्यसपछी तीन टी-२० खेल हुने बताइए पनि वर्षाका कारण पहिला टी-२० अगाडि सारिएको थियो । तेस्रो तथा अन्तिम टी-२० बुधबार हुनेछ । त्यसपछि तीन एक दिवसीय खेल हुने क्यानले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |