धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
हेटौंडा, १८ वैशाख।
मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले स्थानीय तहको निर्वाचन स्वायत्त हुन नसकेको बताएका छन् ।
सञ्चारिका समूह मकवानपुरले आइतबार आयोजना गरेको पत्रकार महिलालाई अभिमुखीकरणमा श्रेष्ठले अझै पनि स्थानीय तहको निर्वाचनमा केन्द्रको भर पर्नु परेको बताए ।
स्थानीय तह आफैंमा एउटा सरकार भएकाले स्थानीय तह आफैंले निर्वाचन गराउनु पर्नेमा अहिले पनि केन्द्रकै भर पर्नु परेको उनको भनाइ छ । निर्वाचनको मिति नजिकिँदै गर्दा सबै दल तथा सर्वसाधारणले आचारसंहिता पालना गर्नुपर्ने उनले जोड दिए ।
‘सबैबाट सबैका लागि आचार संहिता पालना गर्नुपर्छ,’ उनले भने निर्वाचन भनेको समाज रुपान्तरणको प्रकृया हो, मतदान गर्दा सबैले विचार पुर्याउन जरुरी छ ।’
निर्वाचनमा खटिने कर्मचारीहरूको व्यवस्थापन भइरहेको पनि उनले जानकारी गराए । अभिमुखीकरण कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप बिष्ट र सञ्चारिका समूह बागमती प्रदेशकी अध्यक्ष सरिता दाहालले सहजीकरण गरेका थिए ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |