वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
हेटौंडा, १६ चैत।
नेकपा एकीकृत समाजवादीको अध्यक्ष पदबाट राजीनामा दिएका श्रीधर पोखरेल नेकपा एमालेको चुनावी प्रचारप्रसारमा व्यस्त हुन थालेका छन्।
बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरेर चुनावपछि पार्टी कमजोर हुने भन्दै उनले पार्टी परित्यागको घोषणा गरेको थिए । त्यस लगतै बिहीबार उनलाई काठमाडौंमा एमालेका अध्यक्ष केपी ओलीले एमाले प्रवेश गराएका थिए ।
पोखरेल अहिले हेटौंडाका उम्मेदवारसँग चुनावी प्रचारप्रसारमा व्यस्त हुन थालेका छन् । हेटौंडा-५ मा भएको चुनावी प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले नेकपा एस कांग्रेसको ‘एस’ भइसकेको बताए । उनले नेकपा एससँग कुनै विचार र दृष्टिकोण नभएको आरोप लगाए ।
‘एसको विचार केवल एमालेलाई कमजोर बनाउने र नेपाली कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्नेभन्दा अरू कुनै छैन,’ उनले भने । अनन्त: पौडेलको नेतृत्वमा हेटौंडालाई सुन्दर बनाउने अभियानमा सबैजना लाग्नुपर्ने उनको भनाई छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |