वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
काठमाडौं, ८ वैशाख।
पाँचदलीय सत्तारुढ गठबन्धनले सातवटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ। गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने छन् ।
कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बिहीबार बसेको बैठकले १८ देखि २२ वैशाखसम्म चुनावी सभा गर्ने निर्णय गरेको हो।
सातै प्रदेश सदरमुकाममा आयोजना हुने सभालाई पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजकसमेत गरी ६ जना शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।
जसअनुसार १८ वैशाख बिहान ११ बजे सुदूरपश्चिमको धनगढी र सोही दिन कर्णाली प्रदेशको सुर्खेतमा दिउँसो २ बजे चुनावीसभा हुनेछ । १९ वैशाख बिहान ११ बजे लुम्बिनी प्रदेशको बुटवल र सोही दिन दिउँसो २ बजे गण्डकी प्रदेशको पोखरामा चुनावी सभा हुनेछ ।
यस्तै, २० वैशाख बिहान ११ बजे प्रदेश १ को विराटनगर र सोही दिन दिउँसो २ बजे मधेस प्रदेशको राजधानी जनकपुरमा चुनावी सभा छ । एक दिन खाली राखेर गठबन्धनले २२ वैशाखमा संघीय राजधानी काठमाडौंमा शक्ति प्रदर्शनसहित चुनावी सभा गर्ने भएका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |