बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
एजेन्सी
मनिला, ८ वैशाख।
फिलिपिन्सका एक ११ वर्षीय किशोर घन्टौँसम्म फ्रिजभित्र बसेर पहिरोबाट बच्न सफल भएका छन् । न्यूयोर्क पोस्टका अनुसार बेबे शहरमा सीजे जस्मे नाम गरेका ती किशोर आफ्नो परिवारसँग घरमा बसेका थिए । त्यही बेला ठूलो माटोको पहिरोले उनीहरूको घर पुरेको थियो ।
पहिरोले घर पुर्न थालेपछि ११ वर्षीय ती किशोर तत्काल फ्रिजभित्र पसेका थिए । आँधीबाट बच्न उनी २० घन्टा फ्रिजभित्र बिताएका थिए । नदीको किनारमा रेफ्रिजरेटर देखेपछि अन्ततः उद्धार टोली त्यहाँ पुगेको थियो । टोलीले किशोरलाई तत्काल उद्दार गरेको थियो ।
उनीहरूले टुटेको फ्रिजलाई हिलोबाट बाहिर निकालेर किशोरलाई निकालेका थिए । ‘मलाई भोक लागेको छ’ उद्दारपछि ती किशोरले भनेका थिए । उनको खुटा भाँचिएको छ । बच्चाको अवस्था स्थिर छ । बाढीमा किशोरकी आमा र दुई दाजुभाई अझै बेपत्ता छन् ।
मेगी आँधीपछि आएको अबिरल वर्षापछिको बाढीका कारण लेयते प्रान्तमा दर्जनौँको मृत्यु भएको छ भने अझै केही हराइरहेका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |