Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन ७, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन

चितवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना, पालो मिलाएर मनोनयन दर्ता गर्न दललाई आग्रह

नीलकण्ठ एफ.एम १५१५ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ८, बिहिबार (४ साल अघि)
चितवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना, पालो मिलाएर मनोनयन दर्ता गर्न दललाई आग्रह

चितवन, ८ वैशाख ।

निर्वाचन आयोगले बिहीबार चितवनको सात पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । भरतपुर महानगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो भने ६ पालिकाको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृतसहित १० जना कर्मचारी खटाइएको छ । निर्वाचन अधिकृतको कार्यालयमा नौ जनालाई खटाइएको छ । कार्यालयहरुले आजै निर्वाचन कार्यक्रम प्रकाशित गर्ने जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए ।

निर्वाचन कार्यक्रम र आचारसंहिताको विषयमा आज सर्वदलीय बैठक पनि बस्दै छ । जिल्ला समन्वय समितिको कार्यालयमा बैठक बस्न लागेको हो । आयोगले ११ र १२ वैशाख गते मनोनयन दर्ता गर्ने कार्यतालिका बनाएको छ ।

मनोनयन दर्ता गर्ने दिन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुन सक्ने भीडभाडलाई मध्यनजर गर्दै विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । चितवन उद्योग संघको आडमा रहेको उद्योग प्रशिक्षण प्रतिष्ठानको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

मनोनयनका दिन मनोनयन दर्ता गर्ने उम्मेदवार, उम्मेदवारका प्रस्तावक र समर्थकलाई मात्र निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गर्न दिइने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले जानकारी दिए ।

‘भीडभाड व्यवस्थापनका लागि कार्यालयबाहिर उत्तरतर्फ नेपाल टेलिकम चोक र दक्षिणतर्फ विद्युत चोकमा कडाई गर्छौं । उम्मेदवार र उम्मेदवारका प्रस्तावक र समर्थकबाहेकलाई प्रवेश गर्न दिँदैनौँ,’ उनले भने । मनोनयन दर्ता गर्ने समय दुई दिन भएकाले दलहरुलाई सुरक्षा निकायसँग समन्वय गरेर पालो मिलाएर आउन भनिने उनले बताए ।

आयोगले मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालत चितवनका न्यायाधिस प्रकाश कुमार अधिकारीलाई खटाएको छ । निर्वाचन अधिकृतका रुपमा रत्ननगरमा राष्ट्रिय सतर्कता केन्द्रका उपसचिव विनोद कुमार गौतम, खैरहनीमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय बागमतीकी उपसचिव सरस्वती पौडेल खटिएका छन् ।

राप्तीमा सहायक सिडिओ शिवप्रसाद रिजाल, कालिकामा जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्री, माडीमा जिल्ला समन्वय अधिकारी चुडामणि शर्मा गौतम र इच्छाकामनामा जिल्ला अदालतका श्रेस्तेदार ईश्वर आचार्यलाई खटाइएको छ । निर्वाचन अधिकारीसहित सबै निर्वाचन अधिकृतहरुलाई १ र २ वैशाखमा आयोगले तालिम दिएको थियो ।

चितवनमा तीन लाख ९७ हजार ६८५ मतदाता छन् । भरतपुरमा एक लाख ८५ हजार ७५२, रत्ननगरमा ५२ हजार ६४२, खैरहनीमा ४३ हजार ५३१, राप्तीमा ४० हजार ६४९, कालिकामा ३१ हजार १५७, माडीमा २८ हजार ३२० र इच्छाकामनामा १५ हजार ६३४ मतदाता छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • १९ वर्षीय सरोज र २१ वर्षीय नवीनराज धादिङ कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

    १९ वर्षीय सरोज र २१ वर्षीय नवीनराज धादिङ कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

  • फुर्केखोलामा पुल निर्माणका लागि स्थलगत अध्ययन

    फुर्केखोलामा पुल निर्माणका लागि स्थलगत अध्ययन

  • आज हुने भनिएको धादिङ कांग्रेसको गाउँ तथा नगर अधिवेशन असोज ८ गते हुने

    आज हुने भनिएको धादिङ कांग्रेसको गाउँ तथा नगर अधिवेशन असोज ८ गते हुने

  • अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन : निर्वाचन प्रमुख आयुक्तमा अधिवक्ता विश्वराज अधिकारी

    अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन : निर्वाचन प्रमुख आयुक्तमा अधिवक्ता विश्वराज अधिकारी

  • समाचार
    १९ वर्षीय सरोज र २१ वर्षीय नवीनराज धादिङ कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

    १९ वर्षीय सरोज र २१ वर्षीय नवीनराज धादिङ कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

    फुर्केखोलामा पुल निर्माणका लागि स्थलगत अध्ययन

    फुर्केखोलामा पुल निर्माणका लागि स्थलगत अध्ययन

    आज हुने भनिएको धादिङ कांग्रेसको गाउँ तथा नगर अधिवेशन असोज ८ गते हुने

    आज हुने भनिएको धादिङ कांग्रेसको गाउँ तथा नगर अधिवेशन असोज ८ गते हुने

    अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन : निर्वाचन प्रमुख आयुक्तमा अधिवक्ता विश्वराज अधिकारी

    अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन : निर्वाचन प्रमुख आयुक्तमा अधिवक्ता विश्वराज अधिकारी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0