Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

नौ दिन लामो भक्तपुरको बिस्का जात्रा आज सकिँदै

नीलकण्ठ एफ.एम ८८९ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ५, सोमबार (४ साल अघि)
नौ दिन लामो भक्तपुरको बिस्का जात्रा आज सकिँदै

भक्तपुर, ५ वैशाख । 

नौ दिन आठ रात लामो भक्तपुरको बिस्केट जात्रा सोमबार सकिँदै छ । जात्राको अन्तिम दिन आज साँंझ भक्तपुरको गहिटीमा रहेको भैरबनाथको रथ तानेपछि जात्ना समापन हुनेछ ।

भैरबनाथको रथलाई डोरीको सहायताले तानिन्छ । परम्पराअनुसार रथलाई दुई साइडबाट तानिन्छ । यसअघि २७ चैतमा यही रथ तानेर जात्रा सुरु भएको थियो ।

जात्राको अन्तिम दिनलाई द्यो थाहा बिज्याइगु अर्थात् देवतामाथि सवारी हुने भनिन्छ । यस दिन भैरबनाथको रथलाई नगरको माथिल्लो टोल अर्थात थनेतिर लानुपर्ने परम्परा छ । भक्तपुरको टौमढी क्षेत्रलाई नगरको मध्य भाग मानिन्छ ।

रथ तानिसकेपछि पाँंचतल्ले मन्दिर अगाडि पुयाएर जात्रा सकिन्छ । जात्रा सकेपछि भोलिपल्टदेखि रथलाई बगारेर काठ पाँचतल्ले मन्दिरको पछाडि सुरक्षित राखिन्छ । अर्काे वर्ष यही काठ प्रयोग गरी रथ बनाइन्छ ।

प्रत्येक वर्ष नयाँं वर्ष आगमनको चार दिन अगाडि र चार दिन पछाडि अर्थात् ५ वैशाखसम्म जात्रा मनाइन्छ । भैरबनाथको रथ काठैकाठबाट प्यागोडा शैलीमा बनाइएको तीन तल्ले हुन्छ । यसमा चार वटा काठकै पांग्रा हुन्छन् ।

रथलाई दुवैतिर डोरीले तान्ने गरिन्छ । एकातिर ६ वटा र अर्काेतिर चार वटा मोटोमोटो डोरी राखेर सयाैं युवाले रथ तान्ने गर्छन् । जात्राको पहिलो दिनलाई नेपाल भाषामा द्यो क्वह बिज्याइज्यू अर्थात देवता (रथ)तल सवारी हुने भनिन्छ ।

जात्राको पहिलो दिन रथलाई नगरको तल्लो साइटको टोलतिर लाने भएकोले सो साइटमा ६ वटा र अर्काे साइटमा चार वटा मात्रै डोरी राखिने गरिन्छ । यसरी नै जात्राको अन्तिम दिन द्यो थाहा विज्याइगु अर्थात् देवता माथि सवारी हुने भनिन्छ । त्यसकारण त्यो दिन माथितिर ६ वटा डोरी राखिन्छ ।

इतिहास एवं संस्कृतिविद् डा. पुरुषोतमलोचन श्रेष्ठका अनुसार भक्तपुरको बिस्केट जात्रा पूर्वमध्यकालतिर (तीन सय वर्षभन्दा अघि) राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो ।तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानी नगरको रूपमा रहेको बेलामा यो राष्ट्रिय पर्वकै रूपमा मनाइने उनले बताए ।

तर, उपत्यकाको राजनैतिक विखण्डनलगायत १८२६ सालमा मल्लकालिन भक्तपुर राज्यको पतनपछि भक्तपुरले आफ्नो केन्द्रीय राजनैतिक-प्रशासनिक महत्व गुमाउँदै गएपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा सीमित भयाे । अहिले फेरि यो जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायतबाट सयौं मानिस आउन थालेका छन् ।

भक्तपुरको बिस्केट जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु हाे । साथै, मध्यपुर थिमीमा मनाइने जिब्राे छेड्ने जात्रा पनि उतिकै प्रख्यात छ ।

यसअघि जात्राको अन्तिम दिन दिउँंसो हात नभएको ल्योसिंद्य (लिंगो) ढालिएको थियो । प्रत्येक वर्ष पोटरी स्क्वायरमा जात्राको पहिलो दिन २७ चैत विहान उठाइने ल्योसिंद्य जात्राको अन्तिम दिन ५ वैशाख दिउँंसो ढाल्ने परम्परा छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

  • धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

  • धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

  • समाचार
    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0