नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
धादिङ,०२ बैशाख ।
धादिङको नेत्रावती डवजोङ गाउँपालिका–३ सेमजोङमा सम्पन्न वाका कप पुरुष फुटबल प्रतियोगिताको उपाधी डुप्चे युवा क्लव केवराले जितको छ ।
प्रतियोगिता अन्तरगत बिहिबार भएको फाईनल खेलमा नुवाकोटको सानो किम्ताङ युवा क्लव किम्ताङलाई १–० गोल अन्तरले पराजित गर्दै धादिङको नेत्रावती डवजोङ गाउँपालिका २ को डुप्चे युवा क्लव केवराले उपाधी जितको हो ।
केवराको जितका लागि विपिन कडेलले गोल गरेका थिए । च्यम्पियन बनेको केवराले नगद १ लाख २५ हजार जितेको छ । उपविजेतमा रोकिएको सानो किम्ताङले ६० हजारमा चित्तबुझाएको छ भने सान्तोना हुने टिमद्वय टिम द राईजिङ मंगोलियन युवा क्लव र फलाटे युवा क्लव फलाटेले १५–१५ हजार हात पारेका छन् ।
बिजेतालाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री दिलमान पाख्रिनले पुरस्कृत खेलाडीहरुलाई नगद तथा प्रमाण पत्र प्रदान गर्नुभएको थियो। कार्यक्रममा बोल्दै पाख्रिनले छार वाका राहा युवा क्लवले १२ औं श्रृखला सम्म आईपुगेकोमा धन्यावाद दिँदै यो श्रृखला जारि राख्न र त्यसका लागि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ।
धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ३ गैरा साबिक सेमजोङ १ गैराको वाका धादिङ जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तब्य मध्ये एक हो । समुन्द्री सतहदेखि करिब २ हजार १५० मिटर उचाइमा अवस्थित यो ठाउँ धादिङ र नुवाकोट जिल्लाको सिमाना समेत भएकोले पछिल्लो समय यो ठाउँमा धादिङ र नुवाकोटका आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ ।यस ठाउँको प्रचार–प्रसारको लागि छार वाका राहा युवा क्लव सेमजोङले हरेक वर्ष वाका कप फुटबलको आयोजना गर्दै आएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |