Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन ७, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन

राप्रपा नेपाल र परिवार दलसँगको तालमेलले एमालेलाई कति फाइदा ?

नीलकण्ठ एफ.एम ११६५ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १, बिहिबार (४ साल अघि)
राप्रपा नेपाल र परिवार दलसँगको तालमेलले एमालेलाई कति फाइदा ?

काठमाडौं, ०१ बैशाख

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन दललाई आफ्नो पार्टी एक्लैले हराउने दाबी गरेको केही घण्टा अघि राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी गठबन्धन गर्ने निर्णय भएको थियो ।

आफ्नो पार्टीसँग भिड्न मिलेर आउन सत्तारुढ पाँचदलीय गठबन्धनलाई चुनौती सुनसरीको इनरुवामा बुधबार आयोजित आमसभामा ओलीले भाषण गरिरहँदा काठमाडौंमा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको हो।

दुवै पार्टीको तर्फबाट एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभाग प्रमुखबीच पाँच बुँदे सहमति भएको हो । सहमतिका क्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपाल अध्यक्ष कमल थापा उपस्थित थिए । सहमतिअनुसार राप्रपा नेपालका उम्मेदवारले सूर्य चिह्न लिएर चुनावमा उठ्ने छन् । त्यस्तै राप्रपा नेपालका उम्मेदवार निर्वाचित भएपछि पनि उक्त पार्टीमै आबद्ध रहने सहमति उल्लेख छ ।

त्यस्तै एमाले र नेपाल परिवार दलबीच आगामी स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । आजै एमाले स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलले स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

देशभरिका तालमेल सम्भव हुने पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने दुई दलबीच सहमति भएको छ । परिवार दलले आफ्नो उम्मेदवार नभएका सबै ठाउँमा एमालेका उम्मेदवारलाई सघाउने र परिवारका दलका उम्मेदवारहरुलाई एमालेले सघाउने सहमति भएको छ । परिवार दलका उम्मेदवारहरुले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।

गठबन्धनमाथि आक्रामक हुँदै आएका ओलीले एक्लै गठबन्धनलाई तहलगाउने भाषण गरिरहे पनि एमाले सत्ता गठबन्धनविरुद्ध गठबन्धन गरेर अघि बढ्ने गरि छलफलमा केन्द्रीत रहेको देखिएको छ ।

‘गठबन्धन गरेर को को आउने हो । सबै मिलेर आउन् । हामी एक्लै लड्न सक्छौं । एक्लै पराजित गर्न सक्छौं ’ ओलीले भनेका थिए तर वास्तविकता भने त्यस्तो देखिएको छैन ।

ओली सरकारका बेला उनलाई साथ दिएको महन्थ ठाकुर नेतृत्वको लोसपासहितका दलहरुसँग तालमेल गरेर अघि बढ्ने गरि छलफल गरेर अघि बढाइरहेको समाचारहरु सार्वजनिक भइरहेका छन् ।

ओलीले मापाँच दलीय गठबन्धन, ६ दलीय गठबन्धनलाई ‘बिचराहरू’ भन्दै गठबन्धन अलपत्र अवस्थामा रहेको पनि बताएका थिए । तर मंगलबार गठबन्धनको बैठकपछि उनको दल एमाले राप्रपा नेपाल र परिवार दलसँग चुनावी तालमेल गरेको छ ।
तर, एमाले स्थायी कमिटी सदस्य राजन भट्टराईले भने कुनै पनि दल आफ्नो पार्टीको चुनाव चिह्न लिन तयार भएकाले त्यसलाई अनुमति दिएको दाबी गर्छन् ।

‘एक्लै उठ्ने भन्ने नै थियो तर सूर्य चिह्न लिएरनै उठ्छु भनेर आउँछ भने त्यसलाई हामीले अनुमति दिएका हौं’ उनले भने । ति दलहरुले एमाले बाहेको चिह्न लिएर चुनाव लड्न खोजे तालमेल नहुने उनले बताए । सत्ता गठबन्धनले गरेको तालमेलले आफूहरु नझस्किएको उनको भनाइ थियो ।

‘त्यसलाई जनमतले पछि देखाउँछ अहिले त्यसमा केही भनिरहनु आवश्यक छैन’ उनले भने, ‘एमालेमा पछिल्लो समय आकर्षण बढिरहेको छ।’

राप्रपा र परिवार दलसँगको तालमेलले सत्ता गठबन्धनसँग भीड्न सक्छ एमाले ?

वैशाख ३० गतेका तय भएको स्थानीय तहको निर्वाचनमा एमाले यस अघिको निर्वाचनमा पाएको जीतलाई कायम राख्दै थप उपलब्धि हासिल गर्ने लक्षमा रहेको नेताहरुले दाबी गर्दै आएका छन् । तर त्यो उसका लागि सहज भने छैन । गत निर्वाचनमा पाएको सफलता अनुसार कार्यसम्पादन नहुँनु, नेकपाको विभाजन र एमालेको फुटका कारण उसको कत बढ्ने भन्दा घट्ने आकलन भइरहेको छ । त्यसमा पनि गत निर्वाचनमा एमालेले जितको दर्जनौं स्थानमा नेपाली कांग्रेस र अन्य राजनीतिक पार्टी थोरै मत पराजित भएका थिए । अब सत्ता गठबन्धनका दलहरुबीच तालमेल हुँदा त्यसको प्रत्यक्ष असर एमालेलाई पर्ने देखिएको छ ।

अब, एमालेले राप्रपा र परिवार दलसँग गरेको तालमेलले फाइदा पुग्छ भन्ने प्रश्न उव्जिएको छ । यसमा पनि एमालेलाई खास लाभ हुने अवस्था भने देखिएको छैन ।

राप्रपा अध्यक्षमा पराजित भएपछि केही समय अघि मात्र राप्रपा नेपाल गठन गरेका कमल थापाको पार्टीको जनमत कस्तो छ भन्ने देखिएको छैन । एकीकृत राप्रपा हुँदा नै कमजोर हुँदै गएका कमल थापा फुटपछि बलियो भएका छन् भन्ने आकालन सायद एमालेले पनि गरेको छैन होला । तर हेटौंडा लगायका कतिपय स्थानमा भने कमल थापाको पार्टीको केही मत रहेको अनुमान गरिएको छ । केही मतले पराजित हुने स्थानमा भने यो तालमेलले नगण्य रुपमा फाइदा पुग्न सक्छ ।

अर्को दल परिवार दलसँगको तालमेलले पनि एमालेलाई खास फाइदा हुने देखिएको छैन । जनाधार नभएको र तत्काली नेकपा बनेपछि उक्त दलमा समाहित भएको परिवार दलको मतले तात्विक रुपमा एमालेलाई फाइदा हुने देखिएको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • १९ वर्षीय सरोज र २१ वर्षीय नवीनराज धादिङ कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

    १९ वर्षीय सरोज र २१ वर्षीय नवीनराज धादिङ कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

  • फुर्केखोलामा पुल निर्माणका लागि स्थलगत अध्ययन

    फुर्केखोलामा पुल निर्माणका लागि स्थलगत अध्ययन

  • आज हुने भनिएको धादिङ कांग्रेसको गाउँ तथा नगर अधिवेशन असोज ८ गते हुने

    आज हुने भनिएको धादिङ कांग्रेसको गाउँ तथा नगर अधिवेशन असोज ८ गते हुने

  • अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन : निर्वाचन प्रमुख आयुक्तमा अधिवक्ता विश्वराज अधिकारी

    अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन : निर्वाचन प्रमुख आयुक्तमा अधिवक्ता विश्वराज अधिकारी

  • समाचार
    १९ वर्षीय सरोज र २१ वर्षीय नवीनराज धादिङ कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

    १९ वर्षीय सरोज र २१ वर्षीय नवीनराज धादिङ कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

    फुर्केखोलामा पुल निर्माणका लागि स्थलगत अध्ययन

    फुर्केखोलामा पुल निर्माणका लागि स्थलगत अध्ययन

    आज हुने भनिएको धादिङ कांग्रेसको गाउँ तथा नगर अधिवेशन असोज ८ गते हुने

    आज हुने भनिएको धादिङ कांग्रेसको गाउँ तथा नगर अधिवेशन असोज ८ गते हुने

    अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन : निर्वाचन प्रमुख आयुक्तमा अधिवक्ता विश्वराज अधिकारी

    अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन : निर्वाचन प्रमुख आयुक्तमा अधिवक्ता विश्वराज अधिकारी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0