वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
काठमाडौं, २९ चैत
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुनसुन्दर लावतीले स्थानीय तहको निर्वाचनमा मतदाताको छनोटमा परिवर्तन आउने बताएका छन् । जनताले यसपटक फरक दल र फरक प्रतिनिधिलाई चुन्ने उनको दाबी छ ।
‘नेपाली जनता विकल्प चाहन्छन् । त्यसकारण जनताले विगतभन्दा फरक रूपमा मतदान गर्नेछन् । जनताले फरक पार्टी र फरक उम्मेदवारलाई मत दिनेछन्, जनताको प्राथमिकता र चाहनामा परिवर्तन आउने छ,’ प्रवक्ता लावतीले ताप्लेजुङको पाथिभरा–याङ्वरक गाउँपालिकामा मंगलबार आयोजित चुनावी कार्यक्रममा भने ।
उनले भारतको आवधिक निर्वाचनहरूमा कांग्रेस आईको घट्दो लोकप्रियता र भाजपाको उदय चित्रण गर्दै लावतीले आगामी निर्वाचनमा मतदाताको प्राथमिकता परिवर्तन हुने जिकीर गरे ।
‘सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा हुने गरेको अवस्था विद्यमान छ । यस्तो कहालीलाग्दो अवस्थालाई चिरेर राप्रपाले भ्रष्टाचारमुक्त प्रशासन कायम गर्नेछ’, लावतीले भने, ‘राप्रपाका कुनै पनि प्रतिनिधिले भ्रष्टाचार गर्ने छैनन्, गर्न दिने छैनौं । समाजको यो महारोग भ्रष्टाचारलाई पूर्ण नियन्त्रण गर्नेछ ।’
राप्रपाले जितेका स्थानमा १२ कक्षासम्म निःशुल्क शिक्षा उपलब्ध गराइने पनि बताए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |