रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे
काठमाडौं, २८ चैत
राष्ट्रिय सभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहालको सपथ ग्रहण मंगलबार हुने भएको छ । संसद्को दिगो विकास तथा सुशासन समितिको कार्यकक्षमा बिहान ११ बजे सपथ ग्रहण हुने भएको हो ।
दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ हुन् । पूर्वराष्ट्रिय सभा सदस्य रामनारायण बिडारीको स्थानमा उनको मनोनयन भएको हो ।
मन्त्रिपरिषद् बैठकको सिफारिसको आधारमा २५ चैतमा राष्ट्रपति विदादेवी भण्डारीले दाहाललाई मनोनयन गरेकी थिइन् ।
बिडारीसहित २० जना राष्ट्रिय सभा सदस्यको १२ माघमा चार वर्षे कार्यकाल पूरा भएको थियो । १९ जनाको स्थानमा निर्वाचन भएको र १८ जना पाँच दलीय गठबन्धनको र एकजना एमालेबाट निर्वाचित भइसकेका छन् । उनीहरूले यसअघि नै सपथ ग्रहण गरिसकेका छन् । तर, बिडारीको स्थानमा भने मनोनीत हुन बाँकी थियो । सोही स्थानमा दाहाल मनोनीत भएका हुन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |