Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २५, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

देशभरका झन्डै तीन हजार मतदान स्थल सुरक्षा दृष्टिकोणले अति संवेदनशील सूचीमा

७६६ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र १५, मंगलबार (३ साल अघि)
देशभरका झन्डै तीन हजार मतदान स्थल सुरक्षा दृष्टिकोणले अति संवेदनशील सूचीमा

काठमाडौं, १५ चैत

स्थानीय तह निर्वाचनमा झन्डै तीन हजार मतदान स्थल अति संवेदनशीलको सूचीमा परेका छन् । सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरीले देशभरका दुई हजार ९०० भन्दा बढी मतदान स्थललाई अति संवेदनशील मतदान केन्द्रको सूचीमा राखेको हो ।

त्यस्तै चार हजारभन्दा बढी मतदान स्थललाई संवेदनशील र तीन हजार मतदान स्थल सामान्य अवस्थामा राखिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णु केसीले जानकारी दिए ।

निर्वाचन आयोगले देशभर १० हजार ७५६ मतदान स्थल तोकेको छ । जसमा २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् । अति संवेदनशील मतदान स्थलमा अलि बढी सुरक्षाकर्मी खटाइनेछन् । अति संवेदनशील भनिएको ठाउँमा आवश्यकताको आधारमा ११ जनाभन्दा बढी सुरक्षाकर्मी खटाइने उनको भनाइ छ । अति संवेदनशील हुनुपर्ने तर सदरमुकाम नजिक भएका, तत्काल थप सुरक्षाकर्मी परिचालन गराउन सकिने मतदान स्थललाई संवेदनशील तथा सामान्य मतदान स्थलको रूपमा राखिएको प्रवक्ता केसीले बताए ।

कस्तो खालको सुरक्षा चुनौती छ ? 

यसपटकको निर्वाचनमा विगतको जस्तो सुरक्षा चुनौती नरहेको सुरक्षा अधिकारीहरूको बुझाई छ । ‘विगतका निर्वाचनमा विभिन्न आपराधिक समूह तथा राजनीतिक समूहहरू थिए । २०७४ सालकै निर्वाचनमा विप्लव समूह थियो । तराई मधेसमा सिके राउतको अर्धभूमिगत समूह थियो,’ एसएसपी केसीले भने, ‘ती समूहले मतदातालाई तर्साउने, धम्क्याउने, मतदान गर्न जान नदिने जस्ता काम गरेका थिए । अहिले त्यस्तो कुनै चुनौती छैन ।’

सुरक्षा निकायले यो पटकको चुनावमा औल्याएका सुरक्षा चुनौती सामान्य खालका छन् । ‘पहिलाको जस्तो सुरक्षा चुनौती छैन् । राजनीतिक दल-दलबीच आपसी सभा सम्मेलन गर्दा सामान्य झडप हुन सक्ने, भौगोलिक विकटता, सवारी साधन जान नसक्ने, मतपेटिका संकलन गर्दा हुन सक्ने सम्भावित घटनाहरू । यस्ता प्रकारका चुनौती मात्र छन्,’ प्रवक्ता केसीले भने ।

नेपाल प्रहरीबाट स्थानीय तह निर्वाचनका लागि ७० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुनेछन् । त्यस्तै प्रहरीकै निर्देशनमा एक लाख म्यादी प्रहरी पनि चुनावमा खटिनेछन् । यसका साथै ३४ हजार बढी सशस्त्र प्रहरी बल, १८ हजार बढी अनुसन्धान विभागका सुरक्षाकर्मी र नेपाली सेनाबाट आवश्यकताअनुसार सेना परिचालन हुनेछन् । निर्वाचन लक्षित गरेर चारवटै सुरक्षा निकायले निर्वाचन सुरक्षा सेल गठन गरेका छन् । त्यही सेलबाट निर्वाचन सुरक्षासम्बन्धी आवश्यक काम कारवाही भइरहेका छन् ।

गत बिहीबार मात्रै एकीकृत सुरक्षा नीति पारित गरेको थियो । गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उक्त एकीकृत सुरक्षा नीति पारित गरेको थियो । एकीकृत सुरक्षा नीतिअनुसार नेपाल प्रहरीका जनशक्ति मतदान स्थल र मतदान केन्द्रको भित्री सुरक्षामा रहनेछन् । निर्वाचन स्थलमा एक लाख म्यादी प्रहरी पनि खटाइनेछ । त्यस्तै मतपेटिकाको पुर्‍याउने, ल्याउने काम पनि प्रहरीले नै गर्नेछ ।

यसैगरी, मतदान स्थल र मतदान केन्द्रको बाहिरी भाग तथा बाहिरी गस्तीमा सशस्त्र प्रहरीले सुरक्षा दिनेछ । निर्वाचन कार्यालयको सुरक्षासमेत सशस्त्र प्रहरीले गर्दै आएको छ ।

नेपाल प्रहरीले एआईजी सहकुलबहादुर थापाको नेतृत्वमा निर्वाचन सेल गठन गरेको छ । उक्त सेलले निर्वाचन केन्द्रित सुरक्षाको काम गर्दै आएको छ । त्यस्तै सशस्त्र प्रहरी बल नेपालले समेत निर्वाचन सुरक्षा रणनीति तयार पारेर तल्ला तहसम्म नै काम गरिरहेको छ । सशस्त्रले केन्द्रीय निर्वाचन सेल, बाहिनी, गण तथा गुल्ममा निर्वाचन सुरक्षा सेल गठन गरेर हाल देशभर अनुशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको सशस्त्र प्रहरी प्रवक्ता कमलप्रसाद तिउसिनाले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अपराध सम्बन्धि थप
  • एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

    एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

  • धादिङ–२ को समानुपातिक मत परिणाम: रास्वपा पहिलो

    धादिङ–२ को समानुपातिक मत परिणाम: रास्वपा पहिलो

  • नीलकण्ठ–८ रामकोटमा युवाहरूका लागि वारिष्टा तालिम सुरु

    नीलकण्ठ–८ रामकोटमा युवाहरूका लागि वारिष्टा तालिम सुरु

  • यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

  • समाचार
    एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

    एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

    धादिङ–२ को समानुपातिक मत परिणाम: रास्वपा पहिलो

    धादिङ–२ को समानुपातिक मत परिणाम: रास्वपा पहिलो

    नीलकण्ठ–८ रामकोटमा युवाहरूका लागि वारिष्टा तालिम सुरु

    नीलकण्ठ–८ रामकोटमा युवाहरूका लागि वारिष्टा तालिम सुरु

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0