नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक २, आईतबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
समाचार
ताजा समाचार

नेपालभाषा साहित्य महोत्सवको चौथो संस्करण कीर्तिपुरमा हुने

नीलकण्ठ एफ.एम
  • २०७८ चैत्र १०, बिहिबार
  • ४ साल अघि
  • ८ मिनेट पढाइ
  • २१३६ पटक पढिएको
नेपालभाषा साहित्य महोत्सवको चौथो संस्करण कीर्तिपुरमा हुने

काठमाडौं, १० चैत

नेपालभाषा साहित्य महोत्सवको चौथो संस्करण कीर्तिपुरमा हुने भएको छ । नेपालभाषा साहित्य विकासको उद्देश्य लिइ सन्ध्या टाइम्स पिथना प्रा.लि.को प्रकाशन नेपालभाषा टाइम्स दैनिकको आयोजनामा पाँच वर्षदेखि नेपालभाषा साहित्य महोत्सव हुँदै आइरहेको छ ।

कोभिड महामारीका कारण गत वर्ष कार्यक्रम हुन नसकेकfले यस वर्ष चौथो संस्करणको रूपमा कार्यक्रम हुन लागेको हो । कीर्तिपुर नगरपालिकाको विशेष सहयोगमा २०७८ चैत ११ र १२ गते (ने.सं. ११४२ चिल्लागा ८ र ९) शुक्रबार र शनिबार हुने महोत्सव ‘कीर्तिपुर नगरपालिका चौथो नेपालभाषा साहित्य महोत्सव’को नाममा सञ्चालन हुनेछ ।

जनकवि दुर्गालाल श्रेष्ठ, वरिष्ठ साहित्यकार मल्ल के सुन्दर, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र उपमेयर सरस्वति खड्का सहभागी हुने महोत्सवमा विभिन्न सातवटा सेसनमा सञ्चालन हुनेछ ।

महोत्सवमा स्थानीय पाठ्यक्रमअन्तर्गत आ-आफ्नो पालिकाअन्तर्गतका स्कुलहरूमा नेपालभाषा पठ्नपाठनको व्यवस्था गरी नेपालभाषा विकासमा महत्वपूर्ण योगदान दिने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र उपमेयर सरस्वति खड्का रिजाललाई सम्मान गरिने भएकाे छ ।

महोत्सवको पहिलो दिन उद्घाटन समारोह र पुस्तक विमोचन हुनेछ । कीर्तिपुर न्याम्हसिमास्थित नेपालभाषा एकेदेमिको हलमा हुने उद्घाटन समारोहमा विभिन्न विधाका पाँच पुस्तकको लोकार्पण हुनेछ । कार्यक्रममा पूर्णराम मुनंकर्मिको निबन्ध  ‘नेवाः गौरव’, महाकवि गिरिजाप्रसाद जोशीको उपन्यास संकलन ‘गिरिजाप्रसादया उपन्यास’, रामभक्त कायस्थको हाइकु संकलन ‘लखय् लूगु किचः’, स्नेह सायमिको लघुकथा संकलन ‘स्नेह साय्मिया चिबाखं’ र राजेन्द्र कुमार ‘पुता’को सांस्कृतिक उपन्यास ‘खिउँफल्चा’कोलोकार्पण गर्ने कार्यक्रम छ ।

उद्घाटन कार्यक्रम पश्चात सम्पदा भ्रमण गरी कीर्तिपुरको ऐतिहासिक स्थल कीर्तिपुर दरबार क्षेत्रमा पुगी विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । ‘नेपालभाषाका ऋतु गीत’ बारे वरिष्ठ संगीतज्ञ रामकृष्ण दुवालसँग संगीतकर्मी पवित्र कसाःले अन्तक्रिया गर्ने छ भने तत्पश्चात वरिष्ठ तथा नयाँ पुस्ताका साहित्यकारहरूबाट आ-आफ्नो रचना वाचन हुनेछ । पहिलो दिनको कार्यक्रमको अन्तमा सांस्कृतिक-सांगीतक कार्यक्रम प्रस्तुत गरिनेछ ।

दोस्रो दिन कीर्तिपुरको ऐतिहासिक स्थान पांगा लाछिमा कार्यक्रम हुनेछ । पांगाको सम्पदा भ्रमण गरी सुरु हुने कार्यक्रममा ‘कीर्तिपुरको सांस्कृतिक सम्पदा र पर्यटकीय सम्भावना’ र ‘नेपालभाषा पठनपाठनबाट हुने साहित्य विकास’ विषयक अन्तक्रियात्मक कार्यक्रम हुनेछ ।

कीर्तिमानी सगरमाथा आरोही पत्रकार कल्पना महर्जन सहजकर्ता हुने ‘कीर्तिपुरको सांस्कृतिक सम्पदा र पर्यटकीय सम्भावना’ विषयक अन्तक्रियामा वरिष्ठ संस्कृतिविद प्रयागमान प्रधान, कीर्तिपुर नगरपालिका-२ का अध्यक्ष रमेशमान डंगोल र नेवाः लहनाका अध्यक्ष राजमान मानव सहभागी हुनेछन् । त्यस्तै पत्रकार, साहित्यकार सुरेश किरण सहजकर्ता हुने ‘नेपालभाषा पठनपाठनबाट हुने साहित्य विकास’ विषयक अन्तक्रियामा ललितपुर महानगरपालिका स्थानीय पाठ्यक्रम विकास समितिका सहसंयोजक तुलसीलाल सिंह, काठमाडौं महानगरपालिका सहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठ र कीर्तिपुर नगरपालिका शिक्षा समितिका सदस्य डा. बज्रमुनि बज्राचार्य सहभागी हुनेछ ।

महोत्सवको दोस्रो दिन पनि वरिष्ठ तथा नयाँ पुस्ताका बीसजनाभन्दा बढी साहित्यकारहरूले कथा, कविता, हाइकु, गजल, मुक्तक वाचन  गर्नेछन् । यस दिन पनि सांस्कृतिक-सांगीतिक कार्यक्रम गरी महोत्सव समापन गरिनेछ ।

सांस्कृतिक-सांगीतिक कार्यक्रममा लक्ष्मी कुमार महर्जन, रामकृष्ण खड्गी र भीमसेन रिसालको प्रहसन, लक्ष्मीकुमार महर्जनको एकांकी नाटक प्रस्तुत गरिने छ । प्रहसन र नाटकमा लोकप्रिय हास्यकलाकार रवि डंगोललगायतका कलाकारहरूको अभिनय हेर्न सकिनेछ । त्यस्तै गायक गायिका हरिशरण सायमि, सतिस महर्जन, निशा देशार, रत्नशोभा महर्जन, सरिता शाही, रानीशोभा महर्जन, दीपा महर्जन, रोजी श्रेष्ठ, स्वस्ति महर्जन, राजेश महर्जन, मथुरा महर्जन, राजेन्द्र श्रेष्ठलगायत किपू आइडलका विजेता र सहभागीहरूले सांगीतिक प्रस्तुति दिनेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धित थप
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म मनोरन्जन

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

१ दिन अघि
बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज मुख्य समाचार

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

१ दिन अघि
कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश समाचार

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

१ दिन अघि
लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट मुख्य समाचार

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

३ दिन अघि
गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित मुख्य समाचार

गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित

३ दिन अघि
नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल मुख्य समाचार

नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल

४ दिन अघि
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम मुख्य समाचार

नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम

५ दिन अघि
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम मुख्य समाचार

स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम

५ दिन अघि
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग मुख्य समाचार

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग

५ दिन अघि
पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना मुख्य समाचार

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

५ दिन अघि
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै मुख्य समाचार

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै

५ दिन अघि
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै मुख्य समाचार

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

५ दिन अघि
समाचार
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0