वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्तले जेष्ठ नागरिकहरुको हकहितको लागी नगरपालिका गम्भिर बनेको बताउनु भएको छ । जेष्ठ नागरिकहरुको क्रियाशीलता बढाउनको लागी नगर स्तर र वडा स्तरमा समिति निर्माण गर्ने बताउनुभएको छ ।
नीलकण्ठ नगरपालिकाको आयोजनामा शुक्रबार धादिङबेसीमा सम्पन्न भएको जेष्ठ नागरिक सम्बन्धी सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रममा आफ्नो प्रस्तुती राख्नुहुदैँ पन्तले वडास्तरमै गएर जेष्ठ नागरिक परिचय पत्र वितरण गर्ने बताउनुभएको छ ।
जेष्ठ नागरिकहरुका अवलोकन भ्रमणको लागी नगरपालिकाले बजेट छुट्टाएको समेत बताउनु भएको छ । जेष्ठ नागरिकहरुको गुनासो सुन्न र गुनासो सम्बोधन गर्नको लागी कार्यक्रमको आयोजना गरीएको प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्तले बताउनुभएका छ ।
नीलकण्ठ नगरपालिकाका महिला विकास अधिकृत भद्रा अर्यालले सन्चालन गर्नुभएको कार्यक्रममा अधिकृत पन्तले नयाँ संविधानमा रहेका हकअधिकार,नगरपालिकाको आगामी योजना र सेवा प्रवाहको विषयमा एक घण्टाको पस्तुतीकरण गर्नुभएको थियो । नगर स्तरीय जेष्ठ नागरिक समितिका अध्यक्ष गोविन्द सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेको प्रमुख आतिथ्य रहेको थियो ।
नगरपालिकाको उप मेयर मनराज भण्डारीको विषेश आतिथ्य रहेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख राजकुमार वैदवार, तीन वटै सुरक्षा निकायका प्रमुख, जिल्ला अस्पतालका प्रतिनिधि र यातायात सेवा प्रवाहका प्रतिनिधि लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा नीलकण्ठ नगरपालिका भित्रका ४० भन्दा बढी जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।