धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित
नीलकण्ठमा DXN को स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरसम्बन्धी तालिम सम्पन्न
भोटेकोशी बाढीमा आफन्त गुमाएका नीलकण्ठका २० परिवारलाई दिपा फाउन्डेसनको आर्थिक सहयोग
धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह
पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन
नेत्रावती डबजोङमा विद्यार्थीको रक्तसमूह पहिचान कार्यक्रम सुरु
काठमाडौँ, ११ मङ्सिरः नेपाल पत्रकार महासङ्घले पत्रकार राजेन्द्र विष्टको ४२ वर्षको उमेरमा भएको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ ।
लामो समयदेखि कलेजोसम्बन्धी समस्याबाट पीडित विष्टको उपचारका क्रममा बिहीबार कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा निधन भएको थियो ।
महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा आज जारी शोक वक्तव्यमा पत्रकार विष्टप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।
विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय विष्ट महासङ्घ कञ्चनपुर शाखामा आबद्ध हुनुहुन्थ्यो । उहाँ पछिल्लो समय राष्ट्रिय समाचार समिति( रासस)मा नेपाली समाचार सम्पादन शाखामा कार्यरत हुनुहुन्थ्यो ।
सुदूरपश्चिम प्रदेशबाट पटकपटक महासङ्घको केन्द्रीय प्रतिनिधिका रूपमा प्रतिनिधित्व गर्नुभएका विष्टको निधनले नेपाली पत्रकारिता क्षेत्रले अनुभवी, कर्मठ, कुशल र जुझारु युवा पत्रकार गुमाएको महासङ्घले जनाएको छ ।

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।