कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
धादिङ,८ कात्तिक । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ र २ स्थित सल्यानटारका बासिन्दालाई घरघरमा खानेपानी उपलब्ध गराउने उद्देश्यले निर्माणाधीन मनपाङ खोला–सल्यानटार सहलगानी खानेपानी तथा सरसफाइ आयोजना अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत हालसम्म एक हजार सात सय घरमा धारा जडान गरिएको छ ।
लामो समयदेखि खानेपानीको अभाव भोग्दै आएका सल्यानटारका बासिन्दालाई करिब १३ किलोमिटर टाढा रहेको मनपाङ खोलाको मुहानबाट पानी ल्याई वितरण गर्ने उद्देश्यले आयोजना निर्माण भइरहेको हो ।
मनपाङ खोला सल्यानटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पाँचौँ साधारणसभा तथा अधिवेशनमा प्रस्तुत प्रगति विवरणअनुसार आयोजनाका अधिकांश संरचना निर्माण भइसकेका छन् । केही घरधुरीमा धारा जडान तथा बाँकी प्राविधिक काम सम्पन्न गर्नुपर्ने अवस्था रहेको समितिले जनाएको छ ।
समितिकी अध्यक्ष कृष्णकुमारी श्रेष्ठका अनुसार हाल आरुघाट र विशालनगरबाहेकका करिब दुई हजार दुई सय ५० घरधुरीलाई खानेपानी सेवा उपलब्ध गराउन सकिने अवस्था रहेको छ । तीमध्ये एक हजार सात सय घरमा धारा जडान भइसकेको र बाँकी घरमा जडानको काम अघि बढिरहेको उहाँले जानकारी दिनुभयो ।
आर्थिक अभावका कारण धारा जडान गर्न नसक्ने विपन्न परिवारलाई निःशुल्क धारा उपलब्ध गराउने व्यवस्था मिलाइने अध्यक्ष श्रेष्ठले बताउनुभयो । यसबाट आर्थिक रूपमा कमजोर परिवारलाई पनि खानेपानी सेवामा जोड्ने समितिको योजना छ ।
सल्यानटार क्षेत्रमा खानेपानीको दीर्घकालीन समस्या समाधान गर्ने उद्देश्यले विसं २०७५ मा मनपाङ खोलाको मुहान दर्ता गरिएको थियो । त्यसपछि नेपाल सरकार, नगर विकास कोष र उपभोक्ता संस्थाको लागत सहभागितामा आयोजना निर्माण प्रक्रिया अघि बढाइएको हो ।
आयोजनाको निर्माणका लागि रु २३ करोड ८५ लाख ४९ हजार ३८७ मा ठेक्का सम्झौता भएको थियो । निर्माणको जिम्मेवारी पाएको सगुन कन्स्ट्रक्सन, रुपन्देहीले बाँकी काम गरिरहेको छ ।
नगर विकास कोषको अभिलेखअनुसार विसं २०८० जेठ २८ गते आयोजनाका लागि रु चार करोड ७७ लाख नौ हजार ऋण लगानीसम्बन्धी सम्झौता गरिएको थियो । आयोजनाको प्रारम्भिक डिजाइनमा दुई हजार आठ सय ९७ घरधुरीमा खानेपानी पु¥याउने लक्ष्य राखिएको थियो ।
अध्यक्ष श्रेष्ठका अनुसार बाँकी निर्माण तथा प्राविधिक परीक्षणसम्बन्धी काम सम्पन्न भएपछि आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिनेछ । हस्तान्तरणपछि नियमित पानी वितरण, मर्मतसम्भार, व्यवस्थापन तथा खानेपानीको गुणस्तर कायम राख्ने जिम्मेवारी समितिमा रहनेछ ।
साधारणसभामा सहभागी स्थानीय जनप्रतिनिधिहरूले निर्माण सम्पन्न भएपछि आयोजनाको दिगो सञ्चालन, नियमित मर्मतसम्भार र खानेपानीको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन् । कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती, उपाध्यक्ष देवराज धरेल, वडाध्यक्ष कृष्ण खत्री, गाउँपालिकाका पूर्वअध्यक्ष शम्भुकुमार थापा र पूर्वउपाध्यक्ष देवीकुमारी बुर्लाकोटीलगायतको सहभागिता थियो ।
वक्ताहरूले खानेपानी नागरिकको आधारभूत आवश्यकता भएकाले विपन्न तथा सेवाबाट वञ्चित परिवारको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए । साथै खानेपानी वितरण प्रणालीको नियमित अनुगमन, उपभोक्ताको अधिकार संरक्षण र सरसफाइका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताएका थिए ।
समितिको पाँचौँ साधारणसभा तथा अधिवेशनमा आयोजनाको प्रगति, आगामी कार्ययोजना तथा उपभोक्ताका सरोकारका विषयमा छलफल गरिएको थियो ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।