धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित
नीलकण्ठमा DXN को स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरसम्बन्धी तालिम सम्पन्न
भोटेकोशी बाढीमा आफन्त गुमाएका नीलकण्ठका २० परिवारलाई दिपा फाउन्डेसनको आर्थिक सहयोग
धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह
पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन
नेत्रावती डबजोङमा विद्यार्थीको रक्तसमूह पहिचान कार्यक्रम सुरु
धादिङ, २७ असोज। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिक तथा स्थानीय समुदायको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले धादिङको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाख ७५ हजार ७७१ बराबरका स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरिएको छ । नेपाल सेन्ट जोसेफ क्लुनी सोसाइटीको सहयोग तथा प्रयास नेपाल धादिङको सहकार्यमा स्वास्थ्य केन्द्रलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालका अनुसार स्वास्थ्य केन्द्रलाई १०० लिटर क्षमताको बाफद्वारा निर्मलीकरण गर्ने उपकरण (अटोक्लेभ), औषधि नियन्त्रित गतिमा प्रवाह गर्ने सिरिन्ज पम्प, गर्भस्थ शिशुको मुटुको धड्कन जाँच्ने डप्लर, नवजात शिशुको पुनर्जीवन तथा आपत्कालीन श्वासप्रश्वास सहायता सामग्री हस्तान्तरण गरिएको छ ।
त्यसैगरी, जैविक जोखिमयुक्त चिकित्सा फोहोर व्यवस्थापन गर्ने डस्टबिन, शव परीक्षण टेबल र बहिरङ्ग विभाग (ओपीडी) मा बिरामी जाँच गर्ने शय्यालगायतका सामग्रीसमेत उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य उपकरण सहयोगसँगै बाढी प्रभावित तथा स्थानीय नागरिकलाई लक्षित गरी तीन महिनासम्म निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने योजना रहेको छ । त्यसका लागि एक जना प्राविधिक नर्स र दुई जना स्वयंसेवक परिचालन गरिने कार्यकारी निर्देशक अर्यालले बताउनुभयो ।
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रका डा राजेश कोइरालाले प्राप्त उपकरण तथा सामग्रीबाट स्वास्थ्य केन्द्रको सेवा प्रवाह थप प्रभावकारी हुने बताउनुभयो । उपकरणको उपलब्धताले विशेषगरी मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा, आपत्कालीन उपचार र सङ्क्रमण नियन्त्रणमा सहयोग पुग्ने उहाँको भनाइ छ ।
स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष तारानाथ भण्डारीको अध्यक्षता तथा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख आतिथ्यमा उपकरण हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रयास नेपालका अध्यक्ष वीरबहादुर श्रेष्ठ, नेपाल सेन्ट जोसेफ क्लुनी सोसाइटीकी अध्यक्ष सिसिलिया दुर्गा श्रेष्ठ, गजुरी गाउँपालिका–५ का वडाध्यक्ष गोविन्द लामिछाने, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रका डा कोइरालालगायतको उपस्थिति थियो ।

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।