वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
धादिङ,१३ असोज
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ ‘क’ बाट बागमती प्रदेश प्रतिनिधिका लागि अर्जुन प्रसाद धरेलले उम्मेदवारी दिनुभएको छ। लामो समय भारतको राजधानी नयाँ दिल्लीमा व्यवसाय गर्दै आउनुभएका धरेल प्रवासमा रहँदा विभिन्न सामाजिक संघ–संस्थामार्फत सामाजिक सेवामा सक्रिय रहनुभएको थियो। प्रवासमा रहेका नेपाली तथा विशेषगरी धादिङवासीको सुख–दुःखमा साथ दिँदै सामाजिक क्षेत्रमा काम गरेको अनुभवसहित उहाँ स्वदेश फर्किएर राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय हुनुभएको हो।
धरेलले प्रवासमा रहँदा धादिङ समाज भारतको संस्थापक अध्यक्षका रूपमा काम गर्नुभएको थियो। उहाँ अन्तर्राष्ट्रिय धादिङ समाजको उपाध्यक्षको जिम्मेवारीमा समेत रहेर काम गरिसक्नुभएको छ। विभिन्न सामाजिक अभियानमा सक्रिय रहँदा प्रवासी नेपाली तथा जिल्लावासीसँगको सहकार्य र समन्वयलाई निरन्तरता दिएको उहाँको भनाइ छ।
वि.सं. २०७२ सालको विनाशकारी भूकम्प तथा कोरोना महामारीका समयमा भारतमा रहेका धादिङवासीको सहयोग, उद्धार तथा समस्या समाधानका लागि आफूले सकेको भूमिका निर्वाह गरेको धरेलले बताउनुभएको छ।प्रवासमा लामो समय सामाजिक तथा व्यवसायिक क्षेत्रमा हासिल गरेको अनुभव, ज्ञान र सीपलाई अब स्वदेशको विकास तथा राजनीतिक क्षेत्रमा उपयोग गर्ने उद्देश्यले आफू सक्रिय भएको उहाँको भनाइ छ।
नेपाली कांग्रेसका लोकतान्त्रिक मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताउँदै धरेलले पार्टी संगठनलाई थप सुदृढ, जनमुखी र प्रभावकारी बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ।प्रदेश महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भए प्रवासमा रहेका नेपालीसँगको सम्बन्धलाई पार्टी र समाजसँग जोड्दै सामाजिक सेवा, जिल्लाको विकास तथा जनसरोकारका विषयलाई प्राथमिकताका साथ अघि बढाउने उहाँको प्रतिबद्धता छ।
धरेलको उम्मेदवारीसँगै धादिङ क्षेत्र नम्बर २ ‘क’ को कांग्रेस महाधिवेशनमा प्रवासमा सामाजिक क्षेत्रमा काम गरेका व्यक्तिको राजनीतिक प्रतिनिधित्वको विषय पनि चर्चामा आएको छ। पार्टीको प्रदेश तहमा सामाजिक क्षेत्रको अनुभव भएका व्यक्तिको सहभागिताले संगठन र सामाजिक अभियानबीच थप समन्वय हुनसक्ने उहाँको विश्वास छ।उहाँले आफ्नो उम्मेदवारीमा क्षेत्रका महाधिवेशन प्रतिनिधि, नेता तथा कार्यकर्ताको साथ र सहयोगको अपेक्षा गर्नुभएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |