वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ, १३ असोज ।
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनअन्तर्गत धादिङ निर्वाचन क्षेत्र नं. २ (१) को प्रदेशसभा क्षेत्रीय सभापति पदमा युवा नेता प्रकाश कुमार श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ ।नीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नं. ८ का वडाध्यक्षसमेत रहनुभएका श्रेष्ठले पार्टी संगठनलाई थप व्यवस्थित, गतिशील र नयाँ पुस्तामैत्री बनाउने उद्देश्यसहित प्रदेशसभा क्षेत्रीय सभापतिमा उम्मेदवारी दिनुभएको बताउनुभएको छ ।
श्रेष्ठ नीलकण्ठ नगरपालिकाको नगर प्रवक्ता तथा वडा नं. ८ का निर्वाचित वडाध्यक्ष हुनुहुन्छ । स्थानीय तहमा जनप्रतिनिधिका रूपमा काम गरिरहनुभएका श्रेष्ठले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको विषयभन्दा पनि पार्टी संगठनलाई नयाँ ढंगबाट अघि बढाउने अवसरका रूपमा प्रस्तुत गर्नुभएको छ । उहाँले पार्टीभित्र युवा पुस्ताको सक्रिय सहभागिता बढाउने, संगठनलाई जनतासँग थप जोड्ने तथा कार्यकर्ताको भावना र आवश्यकतालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
श्रेष्ठले धादिङ–२ (१) अन्तर्गतका पार्टी संगठनलाई वडा तहदेखि नै थप मजबुत बनाउँदै कांग्रेसको संगठनलाई चलायमान बनाउने आफ्नो योजना रहेको बताउनुभएको छ ।उहाँका अनुसार पार्टी संगठनलाई समयअनुकूल बनाउन युवाको भूमिका बढाउनुपर्ने र पार्टीका नेता–कार्यकर्ताबीचको समन्वय तथा संवादलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ ।कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङमा गाउँ÷नगरदेखि प्रदेशसभा क्षेत्रीय तहसम्मको अधिवेशन प्रक्रिया अघि बढिरहेको अवस्थामा श्रेष्ठको उम्मेदवारीलाई युवा पुस्ताको सक्रियतासँग जोडेर हेरिएको छ ।
विशेषगरी स्थानीय तहमा जनप्रतिनिधिको जिम्मेवारी सम्हालिरहेका व्यक्तिले पार्टी संगठनको नेतृत्वका लागि अघि सर्नुले संगठन र जनप्रतिनिधिबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा पनि बहस बढाएको छ ।धादिङ–२ (१) को सभापति पदमा उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले आफू निर्वाचित भए पार्टी संगठनलाई नयाँ शिराबाट अघि बढाउने बताउनुभएको छ । उहाँले कार्यकर्ताको सुझावलाई प्राथमिकता दिँदै संगठनलाई एकताबद्ध र सक्रिय बनाउने तथा पार्टीलाई जनतासँग थप नजिक पु¥याउने आफ्नो प्राथमिकता रहेको उल्लेख गर्नुभएको छ ।प्रदेशसभा क्षेत्रीय सभापति पदका लागि हुने निर्वाचनले धादिङ–२ (१) को आगामी संगठनात्मक नेतृत्व तय गर्नेछ । कांग्रेसको महाधिवेशनसँगै जिल्लामा नेतृत्वका लागि विभिन्न तहमा उम्मेदवारी र दाबी प्रस्तुत हुने क्रम जारी रहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |