नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ, पुस २७।
एन प्याब्सन धादिङले स्थापना दिवस तथा राष्ट्रिय एकता दिवसको अवसरमा खाद्यान्न सहयोग गरेको छ। नीलकण्ठ नगरपालिका–३ शान्तिटोलमा रहेको नमुना बौद्धिक अपाङ्गता आधारभुत विशेष विद्यालयमा अध्ययनरत बालबालिकाका खाद्यान्न सामाग्री सहयोग गरिएको हो ।
विद्यालयलाई चामल २ बोरा, नुन ३ केजी , दाल ३ केजी, सुन्तला ५ केजी, चिनि १ केजी, चिउरा ३ केजी सहयोग गरिएको एनप्याब्सन धादिङका अध्यक्ष प्रयास रेग्मीले जानकारी दिनुभयो ।
कार्यक्रममा एनप्याब्सन नेपालका केन्द्रीय सदस्य काशीनाथ कोइरालाको उपस्थितिमा एनप्याब्सन धादिङका निर्वतमान अध्यक्ष ईश्वरी प्रसाद पाण्डेले २ थान म्याट र सदस्य विशाल श्रेष्ठले बिस्कुट सहयोग गर्नुभएको थियो।
स्थापनादिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै अपाङ्गता भएका बालबालिकाको पोषण तथा शिक्षामा टेवा पु¥याउने उद्देश्यले सहयोग गरिएको एनप्याब्सन धादिङले जनाएको छ।
हाल नमुना बौद्धिक अपाङ्गता आधारभूत विशेष विद्यालयमा ३० जना बौद्धिक अपाङ्गता भएका बालबालिकाहरू अध्ययनरत रहेका छन्। सहयोगप्रति विद्यालय परिवारले एनप्याब्सन धादिङप्रति आभार व्यक्त गरेको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |