बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङबेशी १९, पौष । धादिङबेशीमा मुक्तिनाथ विकास बैंकको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार धादिङबेशीस्थित क्षेत्रीय कार्यालय परिसरमा सम्पन्न कार्यक्रममा ४८ जना पुरुष र ११ जना महिला गरी जम्मा ५९ जनाले रक्तदान गरेका छन् ।
मुक्तिनाथ विकास बैंकको २० औँ वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकका क्षेत्रीय प्रमुख धुव्र प्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार समुदायप्रति उत्तरदायी हुँदै स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाले प्राविधिक सहयोग गरेको थियो । रक्तदानमा बैंकका कर्मचारी, सेवाग्राही तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो ।
क्षेत्रीय प्रमुख रेग्मीले आगामी दिनहरूमा पनि यस किसिमका सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्ने बैंकको धारणा रहेको बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |