धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङबेशी, ५ पौष । धादिङमा सम्पन्न दुई दिने मोतिबिन्दु शल्यक्रिया शिविरमा १०७ जनाको सफल शल्यक्रिया गरिएको छ। नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान तथा तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र, धादिङको आयोजना, द फ्रेड हलोज फाउण्डेसनको आर्थिक सहयोग, नीलकण्ठ बहुमुखी क्याम्पसको युवा रेडक्रस सर्कल र नेपाल आर्मी कलेजका जनस्वास्थ्य तेस्रो वर्षका विध्यार्थीको भोलिन्टियरी सहयोगमा उक्त शिविर सम्पन्न भएको हो । शिविरमा मस्ट मण्डली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि. तथा सिम्खडा कल्याणकारी कोष,धादिङले बिरामी तथा कुरुवाहरुका लागि निशुल्क जाउलो वितरणमा सहयोग गरेको थियो ।
तिलगंगा आँखा अस्पतालबाट सर्जरीका लागि आउनु भएकी डाक्टर किपा बैद्यका अनुसार शिविरमा आएका अधिकांश बिरामी उमेरका कारण मोतिबिन्दुबाट प्रभावित थिए। उहाँले यसपटक धेरै पाकेका मोतिबिन्दुका बिरामी कम देखिएको बताउनुभएको छ । साथै सबै बिरामीको को अप्रेसन राम्रो भएको दाबिपनि गर्नुभएको छ । शिविरमा ४६ जनाको मेसिनबाट गरिएने फेको (Phaco) प्रविधिबाट र ६१ जनाको हातले गरिने एसआईसीएस (SICS) प्रविधिबाट शल्यक्रिया गरिएको तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङका प्रमुख सुपेन्द्र ताम्राकारले बताउनुभयो ।
उहाँका अनुसार मोतिबिन्दु प्रायः उमेर बढेसँगै देखिने समस्या हो, जसमा आँखाको लेन्स बिस्तारै धमिलो हुँदै जाने गर्दछ। समयमै शल्यक्रिया गरी कृत्रिम लेन्स राखेपछि बिरामीहरूले फेरि स्पष्ट देख्न सक्ने उहाँले बताउनुभयो।
ताम्राकारले मोतिबिन्दु उमेरका कारण मात्र नभई चोटपटक, बालबालिकामा जन्मजात रूपमा समेत हुन सक्ने बताउँदै यस्ता जटिल अवस्थाको उपचार भने अस्पतालमै गर्नुपर्ने जानकारी दिनुभयो । साथै आँखालाई सुरक्षित राख्न चोटपटकबाट बच्न, स्वस्थ जीवनशैली अपनाउन, चुरोट तथा मदिरा सेवन नगर्न उहाँले आग्रह गर्नुभएको छ ।
शिविरमा सेवा लिने अधिकांश बिरामी नेत्रावती डबजोङ गाउँपालिका, नीलकण्ठ नगरपालिका तथा ज्वालामुखी गाउँपालिकाबाट आएका थिए ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |