तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ, मङसिर ०८ गते ।
नीलकण्ठ नगरपालिका–१४, धुवाकोट स्वास्थ्य चौकीले समुदायमै पुगेर नागरीकको स्वास्थ्य परिक्षण गराउँदै आएको छ । बैशाखदेखि मंसिरसम्म ६७८ जनाले यो सेवा लिएका छन् । परीक्षण गरिएका व्यक्तिहरूमा उच्च रक्तचाप, मधुमेह र दमका समस्या बढी देखिएको स्वास्थ्य चौकीले स्वास्थ्य चौकीका प्रमुख रामकुमार कुवँरले जानकारी दिनुभयो ।
नागरीकको घरदैलोमा पुगेर जेष्ठ नागरिकदेखि गर्भवती, सुत्केरी र नवजात शिशुसम्मको स्वास्थ्य परीक्षण गर्दै आएको छ । २०८२ बैशाखदेखि शुरु गरिएको जनतासँग मेयर स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत महिनामा दुई दिन, तीन–तीन महिनामा पालो गरी स्वास्थ्यकर्मीहरू जनताको घरमा स्वयं पुगेर सेवा प्रदान गर्दै आएका छन्।
कार्यक्रमअन्तर्गत रक्तचाप, बिएमआइ (तौल–उचाइ), मधुमेह (सुगर) जाँच, पिसाब परीक्षण, निःशुल्क आवश्यक औषधि वितरण तथा परामर्श, सम्भावित क्षयरोगको खकार संकलन, गर्भवती–सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य परीक्षण सेवा प्रदान गरिने कुवँरले बताउनुभयो।
धुवाकोट स्वास्थ्य चौकी गनेडाँडा क्षेत्रको कुल जनसङ्ख्या १,१५३ रहेको छ। कुल ३,४५९ जनसङ्ख्या भएको वडा नं १४ मा तीनवटा स्वास्थ्य संस्था संचालन छन् ।





निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |