नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङबेशी, २३ कात्तिक। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङले जिल्लाभित्र रहेका सबै सरकारी आयुर्वेद स्वास्थ्य संस्थाको सहभागितामा एकदिने समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ।
गोष्ठीमा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्रालय, चिकित्सा सेवा महाशाखाका प्रमुख डा. खगेश्वर गेलाल, स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक दिनेश रुपाखेती, जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेल, धादिङ अस्पतालका निमित्त निर्देशक डा. गगन अधिकारी, डा. त्रिभुवन चन्द्र झा, जिल्लाका सबै आयुर्वेद औषधालय प्रमुख र नागरिक आरोग्य सेवा केन्द्र प्रमुखहरूको उपस्थिति रहेको थियो।
आयुर्वेद सेवा विस्तार, जनचेतना अभिवृद्धि, सेवा प्रदायकको क्षमता वृद्धि तथा आगामी वर्षका स्वास्थ्य योजनाबारे सहभागीहरूबीच विस्तृत छलफल भएको कार्यालय प्रमुख अमुल्य दाहालले जानकारी दिनुभयो ।
समीक्षा कार्यक्रममा सहभागी विज्ञहरूले जिल्लामा वैकल्पिक चिकित्सा सेवाप्रति जनविश्वास बढ्दै गएको र आयुर्वेद स्वास्थ्य सेवालाई अझ प्रभावशाली बनाउन मन्त्रालय तथा स्थानीय तहबीच सहकार्य आवश्यक रहेको धारणा राखेका थिए। कार्यक्रम आईतबार गल्छीस्थित त्रिशुली बिच रिसोर्टमा सम्पन्न गरिएको थियो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |