नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङ, ०४ असार ।
नीलकण्ठ नगरपालिका वडा नं ८ रामकोटमा तीन दिने निशुल्क बृहत दन्त शिविर सम्पन्न भएको छ । असार २ गतेदेखि ४ गतेसम्म सञ्चालन भएको शिविरमा ५ सय १ जनाले सेवा लिएको नीलकण्ठ –८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
रामकोटको हटियास्थित अनन्त आशा नेपाल आरोहण शिक्षालय तालिम केन्द्रमा भएको शिविरमा दाँत निकाल्ने, दाँत भर्ने, दाँत सफा गर्ने, दाँतको डिजिटल एक्स–रे लगायत सम्पूर्ण दन्त विशेषज्ञ सेवाहरू प्रदान गरिएको थियो ।
शिविर अनन्त आशा नेपालको आयोजनामा, रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्य र नीलकण्ठ नगरपालिका वडा नं ८ को समन्वयमा सञ्चालन गरिएको हो।
शिविरमा सहभागीहरुले सहज सेवा पाएको भन्दै आयोजक र स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेक थिए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |