धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
धादिङ,२९ बैशाख
धादिङ अस्पतालले बीमा गरेका बिरामीहरुलाई छुट्टै फार्मेसी काउन्टरबाट औषधी वितरण सुरुवात गरेको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले धादिङ अस्पतालले आफ्नै स्वामित्वमा बीमा फार्मेसी काउन्टर सञ्चालनमा ल्याएको छ ।यस काउन्टरमार्फत बीमित बिरामीहरूले आवश्यक औषधिहरू सहज रूपमा अस्पताल परिसरमै प्राप्त गर्न सक्ने भएका छन् । धादिङ अस्पतालले स्वास्थ्य विमा गरेका विरामीलाई सहज रुपमा औषधी उपलीध गराउन टुट्टै फार्मेसी काउन्टर सञ्चालनमा ल्याएको हो ।
अस्पतालले शुरु गरेको नयाँ सेवाले बीमित बिरामीहरूलाई अस्पताल परिसरमै औषधि प्राप्त गर्न सहज बनाएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राधिका सापकोटाले बताउनु भयो ।अस्पताल फार्मेसी सञ्चालनमा जनशक्ति अभाव, औषधि आपूर्ति, र व्यवस्थापन जस्ता चुनौतीहरू रहेपनि नागरिकलाई सहज रुपमा सेवा लिने वातावरण बनाउन छुट्टै बीमा फार्मेसी काउन्टर सञ्चालनमा ल्याएको अध्यक्ष सापकोटाको भनाइ छ ।काउन्टर शुभारम्भ कार्यक्रममा अस्पतालका निर्देशक डा. गगनकुमार अधिकारीले छुट्टै बीमा फार्मेसी काउन्टर सञ्चालनले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको बताउनु भयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |