धादिङ, बैशाख २५ गते ।
धादिङ जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेष्ठ ३ देखि सुरू हुने भएको छ । धादिङ जिल्ला खेलकुद विकास समितिका अनुसार आगामी जेष्ठ ३ गतेदेखि ५ गतेसम्म धादिङबेसीमा शिल्ड प्रतियोगिता हुने भएको हो ।
यसअघि प्रतियोगिता बैशाख १३, १४, र १५ गते हुने भनिए पनि विविध कारणले मिति सरेको समितिले जनाएको छ । जेष्ठ ३, ४, र ५ गते प्रतियोगिता सञ्चालन गरिने भएकाले सोही अनुसार तयारी गर्न सबैलाई अनुरोध गरिएको छ । साथै, बैशाख २८ गतेभित्र सम्बन्धित पालिकाबाट छनोट गरिएका खेलाडीहरूको ईभेन्टसहितको नामावली बुझाउन आग्रह गरिएको छ ।
स्तरीय छनोट सकिएलगत्तै जेष्ठ ८ गतेदेखि दोलखामा हुने प्रदेश स्तरीय प्रतियोगिताका लागि धादिङबाट छनोट भएका खेलाडीहरूलाई ट्र्याकसुट र खेलकुद सामग्री (किट) समेत उपलब्ध गराइने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिंह तामाङले बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |