बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
बेलायत, लण्डन। लण्डनस्थित PPN Production UK को प्रस्तुतीमा “अर्को माया” बोलको नयाँ गीत सार्वजनिक भएको छ। प्रेममा धोका पाएपछि भोगिने पिडा र मनको अवस्थालाई उजागर गरिएको यो गीतमा प्रेम, वेदना र विछोडको गहिरो भाव समेटिएको छ। रुवीभ्याली गाउँपालिका–४ बोराङका झलक तामाङले अभिनय गरेको यो उनको तेस्रो म्युजिक भिडियो हो।
विगत २० वर्षदेखि बेलायतमा कार्यरत तामाङले यस भिडियोमार्फत प्रेममा हुने पीडा र धोका भोग्दाको संवेदनालाई पर्दामा उतारेका छन्। गीतमा रञ्जन राईको स्वर, नविन कार्कीको सङ्गीत र राजेन्द्र थापाको शब्द रहेको छ। विशाल निरौलाको एरेञ्ज र रञ्जन राईकै मिक्सिङ रहेको गीत अलंकार स्टुडियोमा रेकर्ड गरिएको हो।
भिडियोमा कुसुम गुरुङ, झलक तामाङ र राज तामाङले अभिनय गर्दै प्रेम, धोका र विछोडको कथा प्रस्तुत गरेका छन्। प्रभु गुरुङको निर्देशन र परिकल्पनामा बनेको भिडियोमा आइडोले सिनेमाटोग्राफी, पवन सुस्लिङले सम्पादन र कलर मिलाएका छन्।
गीतको मेकअप पुष्पा गुरुङले गरेकी छन् भने प्रमन गुरुङ सहायक सिनेमाटोग्राफर रहेका छन्। राकेश दाहाल (नोभिस)ले बनाएको आकर्षक पोस्टरसहित सार्वजनिक भएको यो गीतले प्रेममा धोका पाएका र विछोड भोगेकाहरूको मन छोला भन्ने अपेक्षा गरिएको छ।
PPN production ले निर्माण गरेको भिडियो PPN Production UK को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। “अर्को माया” ले प्रेममा धोका र विछोड भोगेकाहरूका लागि एक विशेष भावनात्मक गीत बन्ने विश्वास गरिएको छ।
गीतको भिडियो link https://youtu.be/tZPbnefYQk4?si=pYWZFejUU8f0r5hN
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |