नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङबेशी । सिद्धलेकमा उपाध्यक्ष संग समन्यायिक बिकास कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार शुरु भएको २ दिने कानुनी सचेतना कार्यक्रम आज एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।
उज्यालो सिद्धलेक, समृद्ध सिद्धलेक भन्ने मुल नाराका साथ गाउँपालिकाका दलित,बिपन्न, पिडित, एकल महिला, लोपोन्मुख, पिछडिएका बर्गहरुमा कानुनी सचेतना अभिवृद्धि गर्ने उदेश्यले तालिमको आयोजना गरिएको थियो ।कार्यक्रममा शुक्रबार सिद्धलेक गाउँपालिका वडा न ५, ६ र ७ का ४५ जना र शनिबार वडा न १, २, ३ र ४ का ८५ जनाको सहभागीता रहेको थियो ।
कार्यक्रमलाई अधिबक्ता तोलाकुमारी पाठकले सहजीकरण गर्नुभएको थियो । गाउँपालिकाका न्यायिक सहजकर्ता रामचन्द्र अधिकारीले संचालन गर्नुभएको कार्यक्रममा सहभागीहरुले यस किसिमको कार्यक्रम आयोजना गरिदिनु भएकोमा धन्यावाद प्रकट गर्दै आगामी दिनमा यस किसिमका तालिम ३ दिने राख्न सुुझाव दिनु भएको छ ।
कार्यक्रममा अधिबक्ता तोला कुमारी पाठकले बोक्सीको आरोप,जवरजस्ती करणी,गाली ब्यजती,बालबिवाह लगाएतको बिषयमा जानकारी गराउनु भएको थियो । सोहि अवसरमा गाउँपालिकाका उपाध्यक्ष सविता अर्यालले आ.व. २०७४।०७५ देखि हाल सम्मका केस र सामाधानको अवस्थाको बारेमा डाटा सहितको प्रस्तुति राख्नु भएको थियो ।
गाउँपालिकाका उपाध्यक्ष सविता अर्यालको अध्यक्षता भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको प्रमुख आतिथ्यता र प्रमुख प्रशाशकीय अधिकृत रामप्रसाद शर्माको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रम वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु लगाएतको आतिथ्यता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |