शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
रायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयन
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला
धादिङ, ०८ फागुन ।
नेत्रावती डबजोङ गाउँपालिकामा फागुन ९ र १० गते वृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । नेत्रावती डबजोङ गाउँपालिका र वि.पी. कोईराला प्रतिष्ठान, काठमाडौंको आयोजना तथा सेम्जोङ स्वास्थ्य आमा समूहको सहकार्यमा वृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको हो ।
नेत्रावती डबजोङ–३,सेम्जोङ स्थित चौतारा माध्यामिक विद्यालयमा बिहान १०ः०० बजे देखि बेलुकी ५ः०० बजे विभिन्न विशेषज्ञ चिकित्सकहरूद्धारा सेवा प्रदान गरिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जिवन लामाले जानकारी दिनुभयो ।
स्वास्थ्य शाखा प्रमुख जिवन लामाका अनुसार स्वास्थ्य शिविरमा मुटु तथा मिर्गौला रोग परीक्षण, स्त्री तथा प्रसूति रोग परीक्षण, बालरोग परीक्षण, सामान्य स्वास्थ्य परीक्षण, बाथरोग तथा हाडजोर्नी सेवा, नेत्र (आँखा) सेवा, ई.सी.जी. तथा इको सेवा प्रदान गरिनुका साथै र निःशुल्क औषधि वितरण गरिने छ ।
गाउँपालिका भित्रका नागरिकहरूलाई स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने, रोगको पहिचान गरी समयमै उपचार गर्ने तथा समुदायमा स्वास्थ्यप्रति सचेतना फैलाउने उद्धेश्यका साथ शिविर आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले बताउनुभयो ।
विशेष गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई यस गुणस्तरीय स्वास्थ्य शिविर महत्त्वपूर्ण हुने उपाध्यक्ष सिता माया चोदेनले बताउनुभयो । उहाँले सम्पूर्ण स्थानीय नागरीकहरुलार्ई शिविरमा सहभागी भई निःशुल्क स्वास्थ्य सेवाको लाभ लिन आग्रह गर्नुभएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |