शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
रायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयन
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला
धादिङबेशी । धादिङमा निजी स्तरबाट संचालित शहीद मेमोरियल अस्पताल अव पुन नयाँ ब्यवस्थापनमा संचालन हुने भएको छ । यहि २६ गते अस्पतालले आफ्नो बिशेषज्ञ सेवा संचालन गरि औपचारिक सेवा सुभारम्भ गर्न लागेको हो । गुणस्तरीय र सर्व सुभल स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ नयाँ ब्यवस्थापनका साथ बिचबजारबाट सेवा सुचारु गरेको अस्पतालले शनिबार ५० प्रतिशत छुटमा बिशेषज्ञ चिकित्सकहरु द्धारा बिरामी जाँच गरि औपचारिक सेवा सुभारम्भ गर्न लागेको हो ।
शहीद मेमोरियल अस्पतालमा हाल 4D रंगिन Machine द्धारा जिल्लामै पहिलो पटक color Doppler, कलेजोको FibroScan, १८–२२ हप्ताको गर्भवती महिलाहरुको रंगिन Anamoly Scan सेवा, २४ घण्टा अत्याधुनिक मेसिन द्धारा ल्याव परिक्षण सेवा, १ घण्टामा रगत पिसाव,सुगर,थाईराइड जाँचको रिपोर्ट आउने र 600MA एक्सरे मेसिनबाट डिजिटल एक्सरे सेवा संचालन गरिरहेको छ ।
नयाँ ब्यवस्थापनमा संचालनमा आएको अस्पतालले शेयर सदस्य,जेष्ठ नागरिक,अपाङ्ग र शहीद परिवारलाई बिशेष छुटको ब्यवस्था गरेको छ । नयाँ ब्यवस्थापनले अस्पतालको फार्मेसीबाट सवै किसिमका औषधीमा खरिदमा सर्वसाधारणको लागी ५ प्रतिशत छुट दिएको अस्पतालका मेनेजिङ डाईरेटर दिपक रेग्मीले बताउनु भयो ।
अस्पतालले यहि माघ २६ गते शनिबार बिरामी जाँचको लागी डा. तिर्थ बुर्लाकोटीको संयोजकत्वमा काठमाण्ठौका बिभिन्न अस्पतालमा कार्यरत बिशेषज्ञ चिकित्सक ल्याउने भएको छ ।
उक्त दिन भिडियो एक्सरे सम्बन्धी सेवाको लागी मम्स केयर क्लिनिकका बरिष्ठ रेडियोलोजिष्ट डा. ललित कार्की,स्नायु तथा नशा रोग सम्बन्धी समस्याको लागी डा. अन्जन सिँह कार्की, मुटुरोग सम्बन्धी समस्याको लागी शहीद गंगागाल राष्ट्रिय ह्रदय केन्द्र, काठमाण्डौका डा.वर्कादिन खान, स्त्री रोग सम्बन्धी समस्याको लागी ,KMC हस्पिटलको डा. सुस्मिता श्रेष्ठ,बाल रोग सम्बन्धी समस्याको लागी डा. सुस्मिता जिम्पा लामा, हाडजोर्नी सम्बन्धी समस्याको लागी नेपाल प्रहरी अस्पतालका बरिष्ठ हाजोनी बिशेषज्ञ डा. अनुज श्रेष्ठ, मानसिक रोग सम्बन्धी समस्याको लागी मानसिक अस्पताल पाटनका डा. ईश्वरी खनाल र नाक कान घाँटी सम्बन्धी समस्याको लागी नेपाल प्रहरी अस्पतालका डा. महादेव देउजा ल्याउन लागीएको डाइरेटर रेग्मीले नीलकण्ठ एफ.एम.लाई जानकारी दिनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |