तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङबेशी । सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार संस्थाका अध्यक्ष मनराज भण्डारी (शैलेस) को अध्यक्षता तथा नेकपा माओवादी केन्द्र धादिङका ईञ्चार्ज एवम् संविधान सभाका सदस्य पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
सहकारी संस्थाको साधारणसभामा माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारी, नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको सहसचिव दल बहादुर बुर्लाकोटी (बिजय) र सिद्धलेक गाउँपालिकाको अध्यक्ष परशुराम खतिवडाको बिशेष आतिथ्यता रहेको थियोे ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अतिथिहरुले विगत १६ वर्ष अगाडी व्यवस्था बदल्नका निमित्त साहदत्त प्राप्त गर्नुहुने सहिदहरुको स्मरण र प्राप्त उपलब्धीको संस्थागत गर्दै थप राजनितिक, सामाजिक एवं आर्थिक रुपान्तरणमा आवाजको माध्यमबाट सहकारी संस्थाले महत्वपुर्ण भुमिका खेलेको भन्दै सहकारी संस्थालाई धन्यावाद प्रकट गर्नु भएको थियो ।
सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेडले हाल रेडियो बिहानी संचालन गरेको छ । साधारणसभामा संस्थाका महासचिव दिपक बिश्वकर्माद्धारा प्रस्तुत गरिएको प्रगती प्रतिवेदन तथा प्रस्तावित गरिएको आर्थिक प्रतिवेदन सर्वसहमत अनुमोदन गरिएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |