नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
धादिङबेशी । नेत्रावती डबजोङ गाउँपालिकाको वडा तथा पालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार गाउँपालिकाको वडा नं ५ कटुन्जेमा शुशासन, पारदर्शिता र जवाफदेहिताको निमित्त वडा तथा पालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालको अध्यक्षतामा भएको कार्यक्रममा जवाफकर्ताको रुपमा प्रमुख प्रशाशकीय अधिकृत हरेराम शाह, वडा अध्यक्ष हरि अधिकारी,शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । सहभागीहरूले स्थानीय समस्याहरू, सेवा प्रवाहमा देखिएका चुनौतीहरू, र सुशासन प्रवद्र्धनका उपायहरूबारे आफ्ना धारणा र सुझाव र गुनासा राखेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा उठाइएका सवालहरूको जवाफ गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल, प्रमुख प्रशासकीय अधिकृत हरेराम शाह, र वडा नं ५ का अध्यक्ष हरि अधिकारी, शाखा प्रमुखहरुले दिनुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा पालिका अध्यक्ष मेघनाथ रिजालले पालिका र वडास्तरमा हुने विकास निर्माण कार्यको पारदर्शिता, बजेट खर्चको जवाफदेहिता, र सेवा प्रवाहमा सुधार ल्याउने उपायहरूबारे आफु प्रतिबद्ध भएर लागीरहेको र सोहि अनुसार कार्य सम्पादन गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रमले जनप्रतिनिधिहरू र स्थानीय बासिन्दाबीचको सम्बन्धलाई अझ बलियो बनाउनुका साथै, पालिकाको काम कारबाहीमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रम नेत्रावती डवजोङ गाउँपालिकाको आयोजना तथा बिन्दुकेशरा मिडिया प्रा.ली. को समन्वयमा सम्पन्न भएको हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |