प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
धादिङ,१३ पुष
धादिङ अस्पतालमा प्रत्येक महिनाको दोस्रो शनिवार उपलब्ध हुने विशेषज्ञ सेवा आजबाट(शनिवार)बाट सुरु भएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रलय स्वास्थ्य निर्देशनालय र धादिङ अस्पतालको आयोजनामा विशेषज्ञ सेवा सन्चालन गरीएको हो । धादिङका नागरिकहरुलाई जिल्ला अस्पतालबाट प्रवाह नहुने अन्य विशेषज्ञ सेवा प्रवाह गराउने उदेश्यले प्रत्येक महिनाको दोस्रो शनिवार सेवा सन्चालन गरीएको निमित्त अस्पताल निर्देशक गगन अधिकारीले बताउनुभयो ।

धादिङ अस्पतालमा आजदेखी(शनिवार) प्रत्येक महिनाको दोस्रो शनिवार छाला रोग विशेषज्ञ,मुटुरोग तथा घड्कन विशेषज्ञ,नाक कान घाँटी विशेषज्ञ र मधुमेह र थाईराईड रोग विशेषज्ञ सेवा सन्चालन हुने डा.अधिकारीले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो । विशेषज्ञ सेवा अन्तरगत नाक कान घाँटी रोगका ६३ जना,मुटुरोगका २३ जना,छाला रोगका ३० जना र मधुमेह तथा थाईराईड रोगका ६ जना गरी जम्मा १२९ जना विरामीको स्वास्थ्य परिक्षण गरीएको छ । अबदेखी प्रत्येक महिनाको दोस्रो शनिवार विशेषज्ञ सेवा प्रवाह गरीएकोले स्वास्थ्य समस्या भएका विरामीलाई धादिङ अस्पतालाई आई सेवा लिनको लागि निमित्त अस्पताल निर्देशक गगन अधिकारीले आग्रह गर्नुभएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |